Monday, March 19, 2018

जुन ३० मा उत्तर अमेरिका सीमाना वारिपारि काव्य संगम गरिने

अमेरिकाको “अमेरिका नेपाल साहित्य प्रतिष्ठान” तथा क्यानाडाको “नेपाली साहित्य समाज” को संयुक्त आयोजनामा अमेरिका र क्यानाडामा वसोवास गर्दै साहित्य सिर्जना गरिरहेका नेपाली साहित्यकारहरुको सहभागितामा अमेरिका र क्यानाडाको सिमानामा अवस्थित विश्वप्रसिद्ध नियाग्रा फल्सआगाडि “सीमाना वारिपारि काव्य संगम” आगामि जुन ३०, २०१८ शनिवारका दिन गरिने भएको छ ।

पहिलोपल्ट आयोजना गरिन लागेको सीमा वारिपारि काब्य संगमको प्रयोजनका लागि क्यानाडा तर्फका गैरआवासीय नेपाली संघ उत्तर अमेरिका भाषा साहित्य समितिका संयोजक तथा नेपाली साहित्य समाज क्यानाडाका अध्यक्ष डा. गोविन्द सिंह रावतको संयोजकत्वमा राधिका अर्याल, प्रदीप पौडेल, सुरेन उप्रेती, लीलानाथ पाण्डे सम्मिलित प्रारम्भिक समिति वनाइएको छ । त्यसैगरी अमेरिका तर्फ अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष गोविन्द गिरी प्रेरणाको संयोजकत्वमा ऋषि वस्ताकोटी, परशुराम तिमिल्सिना, दीपाराई पुन, राजेन्द्र अर्याल, दिनार श्रेष्ठ, कृष्णमुरारि ढुँगेल सम्मिलित प्रारम्भिक समिति वनाइएको छ ।

यो काव्य गोष्ठी यस वर्ष क्यानाडा क्षेत्रमा आयोजना गरिने र आगामि वर्ष अमेरिका क्षेत्रमा गरिने लक्ष राखिएको आयोजकहरुले जनाएका छन् ।

गोष्ठीमा सहभागी हुनेहरुले पहिलो चरणमा एउटा आफूलाई मनपरेको कविता र दोश्रो चरणमा नियाग्रा फल्स वा प्रकृतिमाथि सोही अवसरमा लेखिएको कविता नियाग्रा फल्स अगाडी रहेको खुला मैदानमा वाचन गर्ने तथा सो काव्य संगममा वाचित कविताको प्रस्तावित संग्रह “सिमाना वारिपारि” मा प्रकाशित गरिने भएको छ । सहभागी कविहरुलाई नियाग्रा फल्स प्रतिविम्वित प्रथम उत्तर अमेरिका सीमाना वारिपारि काव्य वाचकको प्रतीक प्रदान गरिने तथा सहभागी हुन चाहनेले यस इमेलमा सम्पर्क गरेपछि आयोजकबाट सम्पूर्ण जानकारी पाउने आयोजकहरुले जनाएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...