Thursday, March 8, 2018

ज्येष्ठ नागरिकलाई स्वास्थ्य बिमा शुरु

नवलपरासी, २४ फागुन: नवलपरासी पश्चिमको सुनवल नगरपालिकाले ज्येष्ठ नागरिकलाई रु ५० हजार बराबरको स्वास्थ्योपचार बीमा अभियान शुरु गरेको छ ।

साठी वर्षमाथिका दलित र ७० वर्ष माथिका सबै वर्गका समुदायलाई स्वास्थ्योपचारमा सो बराबरको स्वास्थ्योपचार बीमा अभियान शुरु गरिएको नगर प्रमुख भीमबहादुर थापाले जानकारी दिनुभयो ।

स्वास्थ्य बीमाका लागि देवदह मेडिकल कलेज तथा रिसर्च इन्स्टिच्युट प्रालि, भलुहीबीच सम्झौतापत्रमा हस्ताक्षर भइसकेको सुनवल नगरपालिकाले जनाएको छ ।

योसँगै सुनवल नगरपालिकाभित्रका ज्येष्ठ नागरिकलाई स्वास्थ्य बीमाले धेरै ज्येष्ठ नागरिकको स्वास्थ्योपचारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...