Thursday, March 8, 2018

पुरुषभन्दा नारी इमान्दार हुन्छन् : देउवा

बिहीबार १०८औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल महिला संघले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

पुरुषभन्दा नारी इमान्दार हुने भन्दै सभापति देउवाले राज्यको प्रभावशाली निकायमा नारी सहभागिता बढाउनसकेमात्र मुलुकको विकास हुने बताए ।

कांग्रेसले आफ्नो स्थापनाकालदेखि नै महिलाका हक, अधिकार रक्षा गर्न लागिपरेको उनको जिकिर थियो ।

कार्यक्रममा कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार, नेताहरु गोपालमान श्रेष्ठ, डा. मीनेन्द्र रिजाल, डा. प्रकाशशरण महतलगायतले पार्टीमा महिलाहरुको उत्साहजनक सहभागिता हुनुपर्नेमा जोड दिएका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...