Friday, March 9, 2018

स्थानीय तहका कर्मचारीको सेवा प्रत्याभूति गरिने

हेटौँडा, २५ फागुन : प्रदेश नंं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहका कर्मचारीलाई हीनताबोधलाई त्यागेर जनताप्रति सेवाभावले काम गर्न निर्देशन दिनुभएको छ ।

कर्मचारी मिलन केन्द्र नेपालद्वारा आज यहाँ आयोजित स्थानीय निकायमा कार्यरत कर्मचारीको भेलालाई सम्बोधन गर्दै स्थानीय तहका कर्मचारीका लागि सेवाको प्रत्याभूति एवं वृत्तिविकासमा प्रदेश सरकारले गृहकार्य गरिसकेको जानकारी दिनुभयो ।

राष्ट्रियसभा सदस्य रामचन्द्र राईले कर्मचारीलाई सेवामुखी भावनाले काम गर्न आग्रह गर्नुभयो । कर्मचारी मिलन केन्द्रका अध्यक्ष विक्रम महर्जनले सबै स्थानीय तहका ज्यालादारी, अस्थायी र करार सेवाका कर्मचारीको जागिरको स्थायित्व र वृत्तिविकासका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...