Sunday, March 25, 2018

झन शसक्त बन्दै नेपाल आईडल–२, भैरहवा अडिसनमा यस्तो सम्म देखियो (भिडियो) 

विश्वचर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडलको दोस्रो सिजनको पहिलो अडिसन भैरहवाबाट सुरु भएको छ।
भैरहवाको जेसिज किन्डर गार्डेन हाई स्कूलको प्राङगणमा नेपाल आइडलको अडिसन सम्पन्न भएको हो । सिजन एकमा देखिएका तमाम् समस्या र कठिनाईलाई सुधार्दै यो पटक अझ शसक्तरुपमा कार्यक्रम ल्याउने उद्देश्य आयोजकले राखेको छ ।
भैरहवामा अडिसन भएपछि क्रमस धनगढीमा चैत ११ गते, हेटौडाँमा बैशाख ३ गते, धरानमा बैशाख ८ गते, पोखरामा बैशाख १४ गते र काठमाडौँमा नेपाल आइडलको अडिसन हुने आयोजकले जनाएको छ। मंगलबार बिहान ७ बजे देखिसुरु भएको अडिसन दिनभर चल्ने छ।
प्रतियोगिताको निर्णायकमा संगितकार न्ह्यु बज्राचार्य, कालीप्रसाद बासकोटा र गायिका इन्दिरा जोशी रहेका छन्। त्यस्तै अडिसनको संचालन नायक अशिम शाह र रीमा विश्वकर्माले गर्ने आयोजकले जनाएको छ। अडिसनको प्रशासरण एपीवान एचडी टेलिभिजनबाट हुनेछ । हेर्नुहोस यो अडिसन स्थलको भिडियो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...