
नेपाली हुनुमा गर्व लाग्छ । किनकि हामीमा भावना छ, विश्वशनीयता छ, इमान्दारिता छ, लगनशिलता छ । तेसैले विश्वभरि जताततै नपालीको माग छ । तेसैले, नेपाल हाम्रो पहिचान हो जसले नेपाली भएर विश्वभरि शिर ठाडो पारेर हिड्ने सम्मान दिएको छ हामीलाई ।
गतवर्ष देखि अप्रिल महिनाको तेश्रो शनिवारका दिन अमेरिकाको नर्थ क्यारोलाइना राज्यको मोरिश्विल शहरमा नेपाल दिवश मनाउन थालिएको छ । अप्रिल महिनाको आगामी २१ तारिख शनिवार दिन दोस्रो नेपाल डे आयोजना गर्न आयोजक संस्था नेपाल सेन्टर अफ नर्थ क्यारोलाईनाले फेरि कटिबद्ध भएर लागेको छ । आउनुहोस यो पुनित अवसरमा सबैजना एकजुट भएर लागौं अनि कार्यक्रमलाइ भव्य रुपमा सफल पारौं । आयोजक संस्था नेपाल सेन्टर अफ नर्थ क्यारोलाईनाको प्रेस विज्ञप्ती यसै साथ संलग्न छ ।
आउनुहोस फेरी एकजुट भएर निस्कौं अनि विश्वलाई देखाउं हामी विदेशिएका होइनौ हामी विश्वव्यापी भएका हौँ |


No comments:
Post a Comment