Thursday, March 29, 2018

हस्तकला र तयारी पोसाकको बजार विस्तारमा क्रियाशील रहने छु: कार्यदल सहसंयोजक ढकाल

लसएन्जलस । राइजिंग इन्टरनेसनलका प्रवन्ध निर्देशक भीम प्रसाद ढकाल, ‘नारायाण’ गैर आवासीय नेपाली संघ, (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गतको प्रोमोसन अफ नेपाली प्रोडक्ट अबोर्ड, (पीएनपीए) कार्यदलको सह संयोजकमा नियुक्त हुनु भएको छ । यस अघि अमेरिकाको लसएन्जलसमा बसोबास गर्दै आउनु भएका ढकालको राइजिंग इन्टरनेसनल नेपाली तयारी पोसाक तथा ह्याण्डिक्राफ़्टको समुन्द्रपार निकासी व्यापारमा पहिलो स्थान प्राप्त गर्दै राष्ट्रपति अवार्ड द्वारा सम्मानित भएको थियो ।

गैर आवासीय नेपाली संघ अमेरिकाका आजीवन सदस्य समेत रहेका ढकालले संघको केन्द्रिय नेतृत्वले दिएको जिम्मेवारी पुरा गर्न र अमेरिकी सरकारले दिएको नेपाली तयारी पोसाक तथा ह्याण्डिक्राफ़्टको सहुलियतको सदुपयोग गर्ने र यसलाई नेपाली व्यावसायीको हितमा उपयोग गर्न आफुले छिट्टै पहल गर्ने बताएका छन् । ढकालले भने, ‘अमेरिकी बजारमा नेपाली तयारी पोसाक तथा ह्याण्डिक्राफ़्टको बजार खोज्दै अमेरिकी सरकारले दिएको सहुलियतको जानकारी नेपालस्थित व्यावसायीहरुलाई गराउन आफ्नो कार्यदललाई केन्द्रित गर्ने छु ।’ ढकालले अमेरिकी सरकारले दिएको ड्युटी फ्री सहुलियतका ७६ ओटा नेपाली उत्पादनहरुको बजार विस्तार खोज्न र यो सहुलियत सदुपयोग गर्न नेपाली व्यावसायीहरुलाई आग्रह समेत गरेका छन् । ढकाल दशकौ देखि उत्तर अमेरिकाको विभिन्न शहरमा नेपाली तयारी पोसाक तथा ह्याण्डिक्राफ़्टको प्रदर्शनी र पर्वर्द्धनमा क्रियाशील रहँदै आएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...