Thursday, March 15, 2018

दोस्रो विश्व रेकर्डधारी उज्जवल ठकुरी द्वारा NRNA अमेरिका र नेपाल देशलाई हार्दिक धन्यवाद- उज्जवल ठकुरी

 

आदरणिय दाजुभाई, दिदीबहिनी तथा सम्पूर्ण नेपाली अनि अमेरिकन परिवार समक्ष म उज्ज्वल ठकुरी को सानो तर दोस्रो पटक गिनिज वोर्ल्ड रेकर्ड कायम गर्न सफलता हासिल भएकोमा मलाई प्रत्यक्ष वा परोक्षरुपमा हौसला प्रदान गर्नु हुने सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । हुन त मैले सफलता पाउने बित्तिकै सबै अमेरिकाबासी नेपालीहरुलाई धन्यबाद दिनु पर्ने हो किनकी आज जुन ठाउँमा पुग्न म सफल भए त्यो सबै तपाईहरुको माया, सद्भाव एक बरदान हो । यो संसारमा को नै होला र आफ्नो देशले नजितोस् भन्ने !

अनि NRNA अमेरिकालाई पनि धेरै धन्यवाद दिन चाहन्छु किन कि NRNA अमेरिका अनि अमेरिकामा बस्ने नेपाली दाजुभाई तथा दिदिबहिनिहरुको आवाज र आह्वानमा गिनिज वोर्ल्ड रेकर्डको जीतको लागि $८०० को सयोग गर्नु भएको थियो , त्यसको लागी म धेरै आभारी छु । पहिलो जीत मेरो एकल भएतापनि दोस्रो जीत सबै अमेरिकाबासी र NRNA नेपाली समुहलाई जान्छ, त्यसैले विशेष धन्यवाद दिन चाहन्छु ।

सम्पूर्ण अमेरिका भित्रको संघ संस्था जसले मलाई आर्थिक सहयोग नगरेपनि मनोबल र विजय प्राप्तिको लागी प्रार्थना गर्नुभएकोमा त्यसको लागी हृदय देखि धन्यवाद दिन चाहन्छु । यो संसार यति स्वार्थी भईसक्यो की आफ्नो बाहेक अरुलाई ( आफ्नो गुट र जात ) हेर्दैन साथै संघसंस्थाको सदस्य बाहेक अरुलाई हेर्दैन तर मलाई सबै संघसंस्थाले आफ्नै सन्तान झैँ संझेर प्रार्थना गर्नु भयो । त्यसको फलस्वरूप मैले विशेष शक्ति पाए र विजय हासिल गरे । तसर्थ सम्पूर्ण अमेरिकामा भएको संघसंस्थालाई अझ थप निवेदन राख्न चाहन्छु की यसरीनै आउँदो खेलाडीहरु माथि अझ बढी माया र प्रार्थना गरि विजयको पथमा लागीदिनुहुन आग्रह गर्दछु ।

सम्पूर्ण संचारकर्मी जो अमेरिका भित्र छ अनि हाम्रो नेपाल देश भित्र र संसारमा फैलिएको छ उहाँहरु सबैलाई हृदय देखि
धन्यबाद दिन चाहन्छु । तपाईहरुको प्रार्थनानै मेरो विजयको शक्ति हो , देश र विदेशको चौथो अंगले प्रार्थना गर्नु भनेको मेरो कुनै अंग कम्जोर भए एउटा औषधीको रुपमा थप हुन जाने हो ।त्यसैले सम्पूर्ण पत्रपत्रिकाहरु र संचारकर्मीहरु प्रति हृदय देखि नै धन्यवाद दिन चाहन्छु ।

त्यस्तैगरि केही विशेष व्यक्तीहरु पनि छन् जसले हृदय देखि म संगसंगै गएर ठाउँठाउँमा सहयोग गरेका थिए । जसमा मेरो धर्मपत्नी प्रियंका नेपाल, विश्वराज थापा, सच्चि मैनाली, सरोज के.सी, श्रीजन ताम्राकार , महेश भट्टराई, विजय थापा, जेदु पोख्रेल , राम कुमार सुवेदी, प्रकाश श्रेष्ठले साँच्चिनै ह्रदय देखि मलाई पक्का खेलाडी बनाउनमा धेरै ठुलो हात अगाडी बढाएका थिए । हाम्रो बानाको अध्यक्ष आदरणिय अनु वन्त ज्युलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, जसले मलाई सम्मानको लागि बोलाउनु भएको थियो म आउन सकिन किनकी दोस्रो जित प्राप्त गरेर मात्र भेट्ने बचन राखेको थिए । मेरिल्याण्ड र भर्जिनियाबासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हृदय देखि धन्यवाद दिन चाहन्छु साथै जनसम्पर्क समिति भर्जिनिया च्याप्टर जसले मलाई दुई पटक सम्मान गरि न्यानो माया दिनु भएको थियो भने एनआरएनए मेरिल्याण्ड च्याप्टर लगायत हाम्रो बन्दै गरेको मन्दिर र सम्पूर्ण मेरिल्याण्डबासीको न्यानो माया पाएको छु । अमेरिका नेपाल कलाकार संघ र INAS अमेरिकालाई ह्रदय देखिनै धेरैधेरै धन्यबाद प्रकट गर्न चाहन्छु जसले मलाई सम्मान गरि न्यानो माया गरिदिनु भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...