Thursday, March 15, 2018

नेपालको जितका हिरो दिपेन्द्र र सन्दिपले यसरी लिएका थिए विकेट ! नेपाल विजय (भिडियो )

 

जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यताका लागि निर्णायक खेलमा नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराएको छ ।

१ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा ४ विकेट गुमाउँदै १ सय १५ रन बनायो ।  नेपालका लागि बलिङमा ४ विकेट लिएका दिपेन्द्रसिंह ऐरीले नटअाउट सर्वाधिक ५० रन बनाए । सुरुवाती निकै खराब प्रदर्शन गरेको नेपालका ओपनिङ ब्याटसम्यानले आज पनि सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

यसअघि बलिङ गरेको नेपालका सन्दीप लामिछाने र दिपेन्द्रसिंह ऐरीले ४/४ तथा करण केसी र सोमपाल कामीले १/१ विकेट लिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...