Monday, April 2, 2018

नेपाल आइडलका सन्ध्या जोशी र राहुल विश्वास अष्ट्रेलियाका संगीतकारको गीत गाउदै [हेर्नुहोस् भिडियो]

पिएनपिखबर। नेपालमा सर्वाधिक रुचाइएको र धेरै दर्शकले हेरेका गायन रियालिटी शो ‘नेपाल आईडल’ बाट चर्चामा आएका राहुल विश्वास र सन्ध्या जोशी अहिले गीत रेकर्ड गराउन निकै व्यस्त छन्। यद्दपि सफल गायक गायिका बन्न उनीहरु अझै संघर्षरत नै छन्। उनीहरु एकपछि गीतमा आफ्नो स्वर दिन पाउँदा निकै खुसि पनि छन्।
दूरपश्चिमकी सन्ध्या जोशी र नेपालगंजका राहुल विश्वास हाल काठमाडौँमा बस्दै आएका छन्। आफ्नो सांगीतिक यात्रालाई अगाडी बढाउँदै हालै मात्र सन्ध्या र राहुलले एउटा गीत रेकर्ड गराएका छन् जसको बोल रहेक छ ‘आकाशैको जुन तारा’। उक्त गीतका संगीतकार टिका दाहाल रहेका छन् जो अहिले अष्ट्रेलियामा छन्।
सोरखुट्टे स्थित काठमाडौँ डिजिटल रेकर्डिङ् स्टुडियोमा रेकर्ड गरिएको फरक खालको ‘आकाशैको जुन तारा’ बोलको गीतमा सन्ध्या र राहुलले पहिलो पटक एकै साथ स्वर दिएका हुन्। यस भन्दा अघि उनीहरुले कहिले पनि एकैसाथ गीत गाउने मौका पाएका थिएनन्। यो मौका जुराइदिनु भएकोमा उनीहरु संगीतकार र गीतकार प्रति कृतज्ञ भएको उनीहरु बताउछन्।
हेर्नुहोस् भिडियो:

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...