Monday, April 2, 2018

पोखरामा भेटियो अर्को अनौठो गुफा, हेर्नेहरुको भीड (भिडियो)

तपाईलाई पोखराको महेन्द्र गुफा चमेरे गुफा र गुप्तेश्वर गुफा बारे थाहा छ होला । कतिपय घुम्न आईसक्नुभएको होला कति अब घुम्न आउने सोच बनाउनुभएको होला । यदि त्यसो हो भने याद राख्नुहोस पोखरामा अर्को गुफा पनि पत्ता लागेको छ । पोखरा लखनाथ महानगरपालिका वडा नं। ३३ मा रहेको भरतपोखरी स्थित तिक्लाङमा नयाँ गुफा भेटीएको हो ।
उक्त गुफा करीब डेढ किलोमिटर लामो भएको अनुमान गरिएको छ । तिक्लाङको स्थानिय तिक्लाङ खेलमैदानको बिचबाट सेतीको तिरमा रहेको चुनेपहरो सम्म उक्त गुफा रहेको छ ।धेरै पहिला स्थानियहरु त्यो गुफाको बारेमा जानकार भएपनि त्यसले पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने हेक्का राखेका थिएनन् । नेपालीमा एउटा उखान छ नी माल पाएर चाल नपाए जस्तै भएको थियो त्यो गुफा तिक्लाङबासीलाई तर अहिले स्थानिय जनप्रतिनिधि आएपछि गुफाको संरक्षण र प्रवद्र्धन गर्नुपर्छ भन्ने सोच पलाएको छ र त्यसलाई व्यवस्थित गर्न वडा नं ३३ का वडा अध्यक्ष शिव प्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरेर पर्यटक भित्र्याउने योजना बनाएका छन् ।
भिडियो हेर्नुहोस्

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...