Tuesday, April 3, 2018

अन्तर्राष्ट्रिय झापाली समाज आयरल्याण्डमा थापा अध्यक्ष पदमा निर्वाचित

अन्तर्राष्ट्रिय झापाली सामाज अन्तर्गतको झापाली समाज आयरल्याण्ड गठन भएको छ ।हिजो अप्रिल २ २०१८ मा आयरल्याण्डको डब्लिन स्थित काठमाडौँ रेस्टुरेन्टमा बसेको झापालीहरुको एक भेलाले सनम थापाको अध्यक्षतामा १३ सदस्यीय झापाली समाज आयरल्याण्ड सर्बसम्मत रुपले गठन गरिएको खबर छ ।

समितीमा उपाध्यक्ष गोमा देवी प्रसाई र जंग अधिकारी, महासचिबमा चन्द्र कला निरौला, सचिव राज कुमार प्रसाई, निर्जल खड्का, कोषाध्यक्ष शोभना अधिकारी, सदस्यहरुमा गोपाल कडरिया, प्रज्वल प्रसाई, नारायण शिवकोटी, पुण्य नेउपाने, गणेश श्रेष्ठ, संजय अधिकारी रहनुभएको छ भने सल्लाहकारहरुमा गणेश प्रसाई, बिष्णु प्रसाई, नवराज कोइराला, राज कुमार त्रिपाठी, गंगाराम कंडेल, जीवन तिम्सिना रहनु भएको छ ।

उक्त भेलामा अन्तर्राष्ट्रिय झापाली समाजका (युरोप) उपाध्यक्ष ललित कुमार न्यौपानेले नव गठित समाजका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिदै बधाई दिनु भएको थियो।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...