Tuesday, April 3, 2018

वैदेशिक रोजगारमा कार्यरत नेपालीको कार्य क्षेत्रको सुरक्षानै मेरो कार्य क्षेत्र हुनेछ: नवनियुक्त कार्यदल सदस्य टेक ‘वाइवा’ लामा

लसएन्जलस । तामाङ्ग सोसाइटी उत्तर अमेरिकाका उपाध्यक्ष टेक ‘वाइवा’ लामा गैर आवासीय नेपाली संघ, (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गतको वैदेशिक रोजगार सहयोग संकलन, (एफइआरएफ) कार्यदलको सदस्यमा नियुक्त हुनु भएको छ । यस अघि अमेरिकाको लसएन्जलसमा बसेर नेपाली अमेरिकनको हितमा काम गर्दै आउनु भएका लामा तामाङ्ग सोसाइटी लसएन्जलसको संस्थापक अध्यक्ष र नेपाल अमेरिका एकता समाजको प्रथम उपाध्यक्षका रुपमा कार्यरत रहँदै आउनु भएको थियो । गैर आवासीय नेपाली संघ अमेरिकाका आजिवन सदस्य समेत रहेका लामाले एनआरएनए केन्द्रिय नेतृत्वले दिएको जिम्मेवारी अन्तर्गत वैदेशिक रोजगारमा रहेका नेपालीहरुको संरक्षण र संवर्द्धन गर्ने जिम्मेवारी पुरा गर्न आफुले कार्यदल मार्फत काम गर्ने बताएका छन् ।

नवनियुक्त कार्यदल सदस्य लामाले भने, ‘वैदेशिक रोजगारमा रहेका उत्तर अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको हितमा कार्यदलको ध्यान आकृष्ट गर्ने छु ।’ दिनहुँ अमेरिकी भूमिमा ग्यास स्टेसन देखी ग्रोसरी स्टोरमा अशुरक्षित कामका कारण जिन्दगी गुमाउन विवस नेपालीहरुको हितमा कसरी उनीहरुलाई सुरक्षित गरन सकिन्छ र संरक्षण गर्न सकिन्छ भन्ने विषयमा एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको ध्यान आकृष्ट गर्दै उनीहरुलाई संबोधन गर्न ठोस कार्य र निरन्तर सहयोगको ढोका खोल्न आफुले छुट्टै योजना सहित प्रस्तुत हुने वचन वद्धता समेत ब्यक्त गर्नु भएको छ । लामा झन्डै एक दशक देखि उत्तर अमेरिकाको विभिन्न शहरमा नेपाली कला संस्कृतीको संरक्षण र प्रवर्धनमा क्रियाशील रहँदै आएका छन् ।

यसै बीच (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको कला संस्कृती सम्बन्धि कार्यदलमा गत साता मात्रै सहसंयोजक पदमा नियुक्त हुनु भएका लामाले आफु गैर आवासीय नेपाली संघ, (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गतको वैदेशिक रोजगार सहयोग संकलन, (एफइआरएफ) कार्यदलको सदस्यमा नियुक्त भएको कारण जनाउदै कार्य व्यस्तताका कारण राष्ट्रिय समन्वय परिषद अमेरिकाको कला संस्कृती सम्बन्धि कार्यदलबाट राजिनामा दिएको जानकारी गराउनु भएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...