Friday, April 20, 2018

गायक पुष्कल शर्माको फेरी अर्काे मार्मिक गीत “आमालाई अन्तिम चिठी” हेर्नुहोस भिडियो सहित

रोशन पोखरेल , काठमान्डौँ , बैशाख ७
मन्दिर म्युजिकको प्रस्तुुतिमा गायक पुष्कल शर्माको मार्मिक लोक गीत “आमालाई अन्तिम चिठी” बजारमा आएको छ । जिवन भोगाईका क्रममा बाध्यताले अर्काको देशमा पसिना चुहाउनको लागी हिनेको छोरोलाई विरानो भुमिमा कालको साक्षि बनाएर गोली ले मृत्युदण्ड दिएको अवस्थालाई चित्रण गरिएको छ । आफनी प्राण प्यारी आमाको अनुहारमा खुशी र परिवारमा सुख दिनको लागी घरको अवस्थालाई मजवुत बनाउनको लागी  परिवारका सदस्य छाई जन्मभुमिमा छोडेर हिडेको छोरो विना कसुर गोलीको शिकारमा पर्दा हुने पिडामा आमाले पनि छोरो प्रति देखाएको प्रेमभावमा डुब्दा डुब्दै जिवनको अन्तिम प्राण त्यागेको दुखद घटनालाई  गीतमा पोखिएको छ । छोराले आमालाई अन्तिम इच्छा छोराले पत्रमा लेखेपछि उनकी आमा वियोगको पिडामा रहेकी छन । आफुलाई जस्तो सुकै दुख भएपनि सन्तानको खुशीको लागी सधर्ष गरेको आमालाई आफनो मृत्यु पुर्व उनले सम्झाउदै अन्तिम पत्र लेखेका छन । गायक पुष्कल शर्माको शब्द तथा लय सिर्जनामा जिवनको बास्तविक भावहरुलाई जिवन्तता दिइएको छ । “आमालाई अन्तिम चिठी”गीतको निर्देशन गायक स्वमले गरेका छन भने  सम्पादन दिपक विष्टले गरेका छन । भिडियोमा पुष्कल शर्मा , सारिका केसी र रश्मी भटटको अभिनय देख्न सकिन्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...