Friday, April 20, 2018

पोखराका एक युवकले सीकाए काम नगर्ने अल्छी र काम चोर कर्मचारीलाई सबक(भिडियो सहित)

 

तपाईले नेपाली सरकारी कार्यालयमा कुनै पनि सानो काम गर्दा पाउनुभएको दुखको सयादै लेखा जोखा छैन.हरेक कार्यलयमा जादा तपाईसंग कर्मचारीहरु यसरी प्रस्तुत हुन्छन् की तपाई कामै नपाएर कर्मचारीलाई दुख दिन त्यहा पुग्नु भएको हो l अनि तपाईको यातयात खर्च देखी तपाईको समयको त कुनै मूल्यनै हुदैन.

तर पोखराका एक युवकले अक कार्यलयलाई गतिलो पाठ सिकाएका छन् र उनले उक्त कार्यालयबाट आफ्नो खर्च भएको समयको भरपाई लिएका छन् l र उनले क्षतिपूर्ति पनि लिएका छन्. नेपाल टेलिकम पोखराले सेवाप्रवाहमा ढिलाइ गरेकोमा उपभोक्तालाई नै जरिवाना स्वरुप क्षतिपूर्ति तिर्नुपर्ने भएको हो। पोखरा —२८ का अपिल त्रिपाठीले टेलिफोनलाइन जोड्न ढिलाइ गरेको, गुणस्तरीय सेवा प्रदान नगरेको भन्दै जिल्ला क्षतिपूर्ति समिति कास्कीमा उजुरी दिएका थिए। समितिले उपभोक्ता त्रिपाठीलाई पाँच हजार क्षतिपूर्ति दिने गरी फैसला गरेको छ।  प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी अध्यक्ष रहेको जिल्ला क्षतिपूर्ति समितिले उपभोक्ता संरक्षण ऐन २०५४ को दफा २२ बामोजिम उपभोक्ता त्रिपाठीले दिएको उजुरीमाथि उक्तफैसला गरेको हो। उपभोक्ता त्रिपाठीले टेलिकमको ढिलासुस्तीबाट समय र खर्च बढेको तथा मानसिक तनावसमेत भएको भन्दै १ लाख रुपैयाँ क्षतिपूर्ति पाऊँ भनी जिल्ला क्षतिपूर्ति समिति कास्कीमा उजुरी दिएका थिए।

त्रिपाठीले नेपाल टेलिकम पोखराका कर्मचारीले ल्यान्डलाइन फोन जोड्न गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बढीमा ३ दिनभित्र फोन जडान गर्ने प्रतिबद्धता जनाए पनि एक महिनासम्म लाइन नजोडेपछि बाध्यभएर उजुरी दिनु परेको सुनाए। फोन जडान गरेपछि पनि गुणस्तरीय सेवा नदिएको उनको गुनासो थियो।

भिडियो रिपोर्ट हेर्नुहोस यसरी पोखराका अपिल त्रिपाठीले काम नगर्ने सरकारी कर्मचारी र कार्यलयलाई यसरी ठिक पारे l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...