Monday, April 30, 2018

कोलोराडो सप्ताहको पहिलो दिन ५५ हजार डलर भन्दा बढी सहयोग संकलन कोलोराडो स्प्रिङ निवासी पुरुषोत्तम पाण्डेबाट २१ हजार डलर सहयोग


अप्रील २९, २०१८

कोलोराडो, अमेरीका
नेपाली र नेपाली भाषी भुटानीहरुको बाक्लो बसोबास रहेको कोलोराडोमा नेपालीहरुको साझा सामुदायीक भवन निर्माणका लागी आर्थिक संकलन गर्ने उद्धेश्यले अयोजना गरिएको श्रीमद्भागवत् महापुराणको पहिलो दिन ५५ हजार सहयोग संकलन भएको छ ।

नेपाली घरको संयोजन तथा कोलोराडोमा कृयाशिल सबै संघ संस्था र समाजसेवीहरुको आयोजनामा आजदेखी बाचन प्रविण गुरु दिनबन्धु पोखरेलको मुखारबिन्दबाट श्रीमद्भागवत् महापुराणको कथा वाचन शुरु भएको हो ।
नेपाली मुलका नेपाली भाषी भुटानीहरुको बाक्लो बसोबास रहेको अरोरा शहरको १६०९ हावाना स्ट्रीट स्थित भिलेज एस्चेन्ज सेन्टरमा उनीहरुको बिशेष सहयोगमा यस कार्यक्रम सञ्चालन हुन गएको हो ।


एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष लिलाराज ढुङ्गानाको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा आज कोलोराडो निवासी समाज सेवी पुरुषोत्तम पाण्डेको स–परिवारले २१ हजार सहयोग दिने घोषणा गरेर आजको सबै भन्दा ठुलो चन्दादाता भई कार्यक्रममको सभामहानायक घोषीत भएका थिए । त्यसैगरी नरबहादुर ढुङ्गेलका परिवारले १० हजार १ सहयोग दिएर सभानायक घोषित भएका थिए ।

त्यसैगरी आज सामुदायिक भवन निर्माणगर्न सहयोगको घोषणा गर्नेहरुमा संगिता श्रोत्रीयको स–परिबारबाट ३ हजार, ज्ञान पाण्डेका परिवारले १ हजार , ग्लोवल भुटनिज कम्यूनिटी अफ कोलोराडोको टिमबाट १ हजार, गणेश भट्टराईको परिवारबाट १ हजार र सुर्य रुपाखेतीको परिवारबाट १ हजार ११ डलर रहेको छ । यसरी सबैको सहयोग जम्मागरि ५५ हजार डलर जम्मा भएको कोषाध्यक्ष जगदिश ढकालले बताउका छन् ।

कार्यक्रमको मध्यान्तर पछिको सत्र ग्लोवल फोरमका अध्यक्ष तिर्थ बर्माको प्रमुख आतिथ्यतामा भएको थियो । मध्यान्तरको समयमा राधे राधे कोलोराडोका भक्तजनहरुले भजन प्रस्तुत गरेका थिए । सहयोग गर्ने दाताहरुलाई अध्यक्ष मण्डलका टिमले खादा पहिराई दिई सम्मान गरेका थिए । आजको भक्तजनहरुलाई बसन्त लम्साल जाईका रेष्टुरेण्ट र जिवन अर्याल, उमा अर्याल, जिवन श्रेष्ठ र रेणु श्रेष्ठले निशुल्क खाना उपलब्ध गराई सहयोग गरेका थिए । कार्यक्रमा नेपाली घरका कल्चर सेक्रेटरी दिनेश कार्कीले सञ्चालन गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...