Sunday, April 29, 2018

न्यूयोर्क ज्याकसनहाईट्समा “सरगम नेपाल” नामक संगीत विध्यालयको शुरूवात

 

न्यूयोर्क अमेरिका, २८ अप्रिल २०१८,नेपाली गीतसंगीतको संवर्धन र बिकासको लागी न्यूयोर्क निवासी नेपाली कलाकारहरू द्वारा न्यूयोर्क ज्याकसनहाईट्समा “सरगम नेपाल” नामक संगीत विध्यालयको शुरूवात गरिएको छ।

नेपालका ख्यातिप्राप्त गायक गायीका अनि संगीतकर्मी द्वारा संचालित यस “सरगम नेपाल”मा चिरपरिचित गायीका सपना श्री र चिरपरिचित गायक जगदीश समालले भोकल क्लास, बिगत तीन दशक देखि संगीतमा सक्रिय संगीतकर्मी शिशीर श्रेष्ठले गीटार क्लास र तीन दशक भन्दा बढी सक्रिय रिदमीस्ट (मादल,तबला,ढोलक,खिं र ढिमे) न्हुछें डंगोलले रिदम् क्लास लिनु हुनेछ।

प्रवासमा रहेर पनि नेपाली संगीतमा केहि गर्नु पर्छ भनेर नेपाली संगीतलाई माया गर्ने संगीतकर्मी गायक/संगीतकार ओम कर्माचार्य र गायक दिकेश प्रजापति “सरगम नेपाल” का संचालक हुनुहुन्छ।

स्मरण रहोस न्युयोर्क स्थित एक मात्र नेपाली रेकर्डिंग स्टुडियो “ओम मेगा” का संचालक संगीतकर्मी ओम कर्माचार्य हुनुहुन्छ।

”सरगम नेपाल” संगीत बिध्यालय शूरुवातसंगै न्यूयोर्क स्थित संगीतकर्मी र नेपाली समुदायमा खूशियाली छाएको छ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...