Sunday, April 29, 2018

नेपाली माथी सहनै नसकिने गरी अपमान, ‘वीरेन्द्र बियर’ कम्पनीले भन्यो नेपालले हामीलाई केही गर्ने सक्दैन(भिडियो)

वीरेन्द्र बियर’ का कारण सबैभन्दा बढी फाइदा कसैलाई भएको छ भने त्यो यो बनाउने Turbinenbraeu कम्पनीलाई नै हो। यो एउटा सामान्य स्थानीय कम्पनी हो। हाम्रोतिरका लोकल रक्सी बनाउने कम्पनीजस्तै। यसका उत्पादन पनि बाहिर हैन, जुरिच सहरभित्रै खपत हुन्छ।

यो कम्पनीको अफिसमा केही दिनअघि जाँदा धेरैले सोचे जस्तो ठूलो कम्पनी थिएन यो। सानो कम्पनीमा त्यहीँ गोदाम, त्यहीँ बिक्री गर्ने ठाउँ थियो। २० औँ वर्ष जुरिचमा बसेकाहरुलाई पनि यो कम्पनी यहाँ छ भन्ने थाहा थिएन। तर अचानक टिभीदेखि अन्य मिडियामा समेत वीरेन्द्र बियर र विरोधको विषयमा कभरेज हुन थालेपछि नसोचेको प्रचार पाएर कम्पनीका अधिकारीहरु दङ्ग छन्।

कम्पनीको सबैभन्दा बढी बिक्ने बियरका रुपमा वीरेन्द्र बियर भइसकेको छ। नेपाली टिमुर राखेर बनाइएको बियरको नाम खोज्ने क्रममा बियर र वीरेन्द्र उस्तै सुनिने पनि भएको र राजा वीरेन्द्र लोकप्रिय पनि भएको देखेर यो नाम राखिएको यसका सिइओ एड्रियन वेबरले बताएका छन्।

हेर्नुहोस किन यो कम्पनी नेपालीले सधै सम्मान गर्ने बिरेन्द्रलाई बिएरको बोटलमा राख्यो त ? यस्तो छ कारण थप सम्पुर्ण जानकारी सहितको भिडियो रिपोर्ट हेर्नुहोस :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...