
न्ययोर्क, न्ययोर्कमा सम्पन्न भएको कराते प्रतियोगितामा बिमला तामाडले स्वर्ण पदक हात पारेकी छिन् । २३ औ हिराल्ड़ोकाई बार्षिक शोतोकान शोबुकान अन्तरराष्ट्रिय कराते कप नामक प्रतियोगितामा तामांग प्रथम भएकी हुन् ।
१७ औ एशियाडमा कराते को तर्फवाट एक मात्र पदक रजत पदक जितेर नेपाललाई पदक विहिन देश हुन् वाट जोगाएकि कराते खेलाडी बिमला तामाडले फेरी पनि स्वर्ण पदक जितेर देशको नाम उच्च राख्न सफल भएकी छिन् ।

न्ययोर्कको एल्मकोर सेन्टरमा सम्पन्न उक्त प्रतियोगितामा अमेरिकाको विभिन्न राज्यहरु लगायत नेपाल ,पुर्टोरिको,ईक्वाडोर ,मेक्सिको ,डोमिनिकन रिपब्लिक देशहरु सहित ३ सय भन्दा वढी खेलाडीहरुको सहभागिता रह्को थियो ।

विश्व कराते महासंघका रेफ्री रमोन हिराल्डो को प्रमख निर्देशन तथा हिराल्ड़ोकाई शोतोकानकराते डो को आयोजनामा सम्पन्न उक्त च्याम्पियनसिपमा पान अमेरिका र अमेरिकी करातेमहासंघ अन्तर्गत ४० जना भन्दा वढि रेफ्री तथा निर्णायकहरुको सहभागिता रहेको थियो ।
जस मध्ये च्याम्पियनसिपमा अन्तरराष्ट्रिय मार्शल आर्टस संघ अमेरिकाको प्रमख प्रशिक्षक शान्त थोकर ले निर्णायक तथा जजको भूमिका निर्बाह गरेका थिए ।

No comments:
Post a Comment