Tuesday, April 3, 2018

#नयाँ बर्ष २०७५ विशेष सांगीतिक कार्यक्रम!!

स्थानीय कलाकारहरुका साथमा ख्यातिप्राप्त लोकपप गायक तिलक बम मल्लका साथमा एक अविस्मरणीय साँझ!!

#हिन्दुबुद्धमन्दिर, बाल्टिमोर – मेरिल्याण्डको विशेष सहयोगार्थ, नयाँ बर्ष २०७५ सालको शुभ अवसरमा मन्दिर निर्माणमा सक्रिय स्वयंसेवकहरुको विशेष पहलमा एक भब्य सांगीतिक कार्यक्रमको आयोजना गरिने भएको छ।

“नेपाली कला, धर्म र संस्कृतिको निरन्तरता हाम्रो अभियान” को नारा सहितको यस सांगीतिक कार्यक्रमको मुख्य आकर्षकका रुपमा “मुटु छुने लुम्लेको हावाले”, “भोटे ताल्चा मारेर छातीमा”, “ट्यक्सी गूड्यो सररर”, “चैते दशैं बाग्लुङे मेलैमा”.. जस्ता चर्चित गीतहरुका सर्जक तथा ख्यातिप्राप्त पोखरेली लोक/पप गायक “तिलक बम मल्ल” का साथमा स्थानीय ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुतिहरु रहने बताईएको छ भने कार्यक्रमबाट उठेको सम्पुर्ण रकम मन्दिर निर्माणका लागि सहयोगार्थ हस्तान्तरण गरिने बताईएको छ।

नव बर्ष २०७५ सालको शुभकामना आदानप्रदान गर्दै बाल्टिमोर मेरियाण्डवासी नेपाली परिवारजनहरु बिच एकआपसमा भेटघाट र रमाइलो गर्दै मन्दिर निर्माण जस्तो महत्त्वपूर्ण सामाजिक अभियानहरुमा सबैको अपन्त्व र स्वामित्व स्थापित गराउनु नै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकहरु बताउँछन्।

आउनुहोस् , यस अविस्मरणीय साँझमा हामी पनि सपरिवार जाऔं।

लेख : श्रीजन ताम्राकार, बाल्टिमोर – मेरिल्याण्ड

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...