Tuesday, April 24, 2018

गायिका राधिका हमालको ध्यान आजभोली “केटा मै ” गएपछि हेर्नुहोस भिडियो सहित

रोशन पोखरेल , काठमान्डौँ , बैशाख ११
नेपाली लोकदोहोरी गीतमा माया प्रेम र मौलिक रचनाहरुको श्रृङख्लाबद्ध रुपमा आगामन भैरहेको अवस्थामा शुभारम्भ  डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा कर्णविर शाहीको लोक सौगात  “केटी मै ध्यान जाने  ”गीतमा गायक कर्णविर शाही र गायिका राधिका हमालको लोकदोहोरी एल्बम बजारमा आएको छ ।
किशोर अवस्थामा रहेका केटाकेटीमा हुने मनोवैज्ञानिक भावलाई गीतमा समावेश गरिएको छ । मायामा परेका मायालु जोडीमा हुने एक अर्का प्रतिको आकषर्णलाई गीतमा ब्यक्त गरिएको छ । आम दर्शक माझँमा सर्वोकृष्ट रचनाहरुमा आफनो आवाज दिदैँ आएकी चर्चित गायिका राधिकाले आफु मायामा पागल बनेको कुरा खोलेकी छन ।  कर्णविर शाहीको सर्वोकृष्ट  शब्द तथा लय सिर्जनामा जिवनको बास्तविक भावहरुलाई गीतमा समेटेर तयार पारिएको छ । “केटी मै ध्यान जाने  ” गीतको निर्देशन काजिश श्रेष्ठले गरेका हुन भने गीतको भिडियोमा चर्चित मोडल करिष्मा ढकाल रोहन शङकर र युनिकको स देख्न सकिन्छ । “केटी मै ध्यान जाने  ” गीतको छायाँकन अजय रेग्मीले गरेका हुन भने  सम्पादन दिपक विष्टले गरेका छन ।
हेर्नुहोस भिडियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...