Tuesday, April 10, 2018

सरकार अतिवादतर्फ लम्किँदैछ: डा कोइराला

चितवन, २७ चैत : नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले सरकार अतिवादतिर लम्किँदै गरेको आरोप लगाउनुभएको छ ।

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “थाहा पाउँदा नपाउँदो हिसाबले सबै अधिकार प्रधानमन्त्रीको हातमा गइसक्यो ।”
प्रजातन्त्रमा शक्ति पृथक्कीकरण अति महत्वपूर्ण भएको तर यसलाई समाप्त गर्न न्यायपालिकालाई पनि आफ्नो कब्जामा प्रधानमन्त्रीले लिइसकेको आरोप डा कोइरालाले लगाउनुभयो ।

फरक प्रसंगमा उहाँले काँग्रेले पराजय भोग्नाको एउटा कारण नाकाबन्दीका विषयमा बोल्न नसक्नु भएको बताउनुभयो । डा कोइरालाले आउँदो पार्टी अधिवेशनमा पार्टी नेतृत्वमा आफ्नो उम्मेदवारीको विषय नेता कार्यकर्ताको सुझावमा भर पर्ने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...