Tuesday, April 10, 2018

दुर्घटनामा एघार घाइते

चितवन, २७ चैत : पूर्वी चितवनको राप्ती नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा आज छुट्टाछुट्टै दुई घटना हुँदा ११ जना घाइते भएका छन् ।

तीमध्ये दुई जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका– ३ झुरझुरेमा पूर्वतर्फ जाँदै गरेको लु १ ख ८९४६ नं को बसले विपरीत दिशातर्फ आउँदै गरेको ना ५३ प ७८३१ नं को मोटरसाइकललाई बिहान ठक्कर दिएको थियो । चालक मकवानपुर, मनहरिका २५ वर्षीय मंगलसिंह तामाङ र सोही ठाउँका मोटरसाइकल पछाडि सवार २० वर्षीय संजोग तामाङ गम्भीर घाइते भएकामा पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

सोही ठाउँ नजिकै आज बिहान नारायणगढतर्फ आउँदै गरेको बा ३ ख ७३८६ नं को यात्रुवाहक बस अनियन्त्रित भई सडकमा पल्टिँदा नौजना घाइते भएका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...