Monday, April 23, 2018

तयार भयो अशोक दर्जीको पहिलो गीत, टंक बुढाथोकीले दिए यस्तो मौका (भिडियो सहित)

ईटहरी/ पछिल्लो समय नेपालमा डिजिटल मार्केटले निकै ठूलो छलाङ मारेको छ । चाहे त्यो व्यापार ब्यवसायमा होस, चर्चामा आउनलाई होस् या त लुकेको प्रतिभालाई बाहिर ल्याएर विश्वभर चिनाउन होस् । यो डिजिटल दुनियाले कुनाको कुरा कान-कान सम्म पुर्याउन धेरै समय नै लाग्दैन । यस्को ज्वलन्त उदाहरण हो युट्युब । विश्वको कैयौ देशहरुमा जस्तै नेपालमा पनि सेलिब्रेटी जन्माउने मेसिन बनेको छ युट्युब ।
यसैको उपयोग गर्दै पैसाको अभाबमा थन्किएको कलालाई बाहिर ल्याएर पछिल्लो समय चर्चामा आए संगै सेलिब्रेटी बनेका छन् अशोक दर्जी । उनी सानै छन्, र उनको स्वरमा मिठासपन छ । यसैले पनि अहिले नेपाल ट्रेन्डिङमा हरेक दिन परिरहेका छन् । झापाका अशोक र उनका परिवार आर्थिक अभावमा हरेक दिन र रात काटिरहेका छन् । हेर्नुस् भिडियो ।
झापाको दमकमा रहेको बेलडाँगी शरणार्थी शिविरमा गीत गाएर आफ्नो अनि परिवारका लागी जिविको पार्जन गर्न गीत गाएर पैसा संकलन गर्दै आएका उनी आफू संग जम्मा भएको पैसाले घरका लागि नुन, तेल, चामल जस्ता खाद्यान्न खरिद गर्छन् । यस्तै सिलसिलामा उर्लाबारीका पत्रकार किशोर श्रेष्ठ संग अशोकको भेट भयो । उनको जीवन कहानी सुनेपछि उनको कलालाई सम्मान गर्दै परिवारलाई पनि सहयोग गर्ने बाचा सहित अशोक संग भिडियो कुराकानी तयार गरे ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...