Monday, April 9, 2018

थारु युवती ज्यानमा २ किलोको गहना लाएर नाच्छिन्

भुलिया थारु एक यस्ती अबिबाहित थारु महिला हुन जो ज्यानमा लाखौं रुपैया पर्ने करिब २ किलो चा“दीका गरगहना लगाएर नाच्छिन् । कन्चनपुरकी भुलीया एक नृत्याङ्गना हुन् उनी आफ्नै समुदायका गीतहरुमा बिशेष नृत्य गर्छिन यसको अलवा उनी राजनीति पनि गर्छिन । गत स्थानीय चुनावमा उनी नेपाली का“ग्रेसको तर्फबाट नगरपालीकाको उपमेयरमा समेत उमेद्वारी दिएकी थिईन् तर पराजीत भईन् ।

चा“डै बिबाह गर्ने परम्परा थारु समुदायमा अझै पनि छ । भुलियाको जीवनमा कक्षा ६ मा पढ्ने बेला करिब १२ बर्षको उमेरमा झण्डै बिबाह भएको थियो । कुनैकेटा संग मग्नी भयो तर पछि केटाले उनीसंग बिबाह गरेन । यसैका बाबाजुत उनले पढ्ने मौका पाईन् । अब डिग्री सकेपछि बिबाह गर्ने सोंच बनाएकी भुलियालाई मन पर्ने केटा साथी पनि छन् । थारु समुदायमा पढेलेखेका युवा युवती नहुनु र केटीहरुको सानैमा बिबाह गर्ने परम्परा थारु समुदायमा रहेको समेत उनले बताईन् । हेंरौ उनीसंग गरिएको रमाईलो कुराकानी

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...