Monday, April 9, 2018

ताजा समाचार : राष्ट्रपति ट्रंपका निजी वकिलको कार्यालयमा एफबिआई को छापा

अप्रिल ९ ,राष्ट्रपति ट्रम्प का निजि अधिवक्ता माइकल कोहेन को कार्यालय माथि एफबिआईले छापा मारेको छ । उक्त छापामा वयस्क चलचित्र कि कलाकार स्ट्रोमी डेनीएल्स संग सम्बन्धित कागजातहरु कब्जा गरेको छ ।

२०१६ को राष्ट्रपतिको निर्वाचन को केहि दिन अगाडी मात्र उनलाई चुप लगाउन $ १ लाख ३० हजार डलर दिएको भनिएको कारण एफबिआई ले उक्त कुरा पत्ता लगाउन गरेको हो ।

राष्ट्रपति ट्रम्प संग आफ्नो प्रेम चक्कर पनि थियो भनि दाबि गर्ने अस्लिल चलचित्रकि कलाकारको दाबिलाई ट्रंपले अस्विकार गर्दै आएका छन् । र विदेश भ्रमण जानु अघि पनि उनले स्ट्रोमी बारेमा थाहा छैन र पैसा को बारेमा मेरो निजि वकिल कोहेनलाई सोध्नु भनि रवाना भएका थिए ।

छापा हुनु अगाडी ट्रंप व्हाइट हाउसमा दूरदर्शन हेरी रहेको व्हाइट हाउसका अधिकारीले बताएको समाचार सीएनएन ले लेखेको छ । कोहेनका वकिल स्टेफेन रायनले छापा र खोज बारेमा वक्तब्य निकाल्दै छापा अनावश्यक तथा पूर्ण अनुचित भएको बताएका छन् ।

तस्बिर :जोनाथन रोयटर्स

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...