Sunday, April 8, 2018

हिन्दु धर्मगुरु आचार्य श्रीनिवासमाथि गोली प्रहार गर्नेलाई कडा कारबाही गर्न माग

काठमाडौं, २५ चैत्र । विभिन्न हिन्दुवादी संघ–संस्थाले मोरङ विरानगरमा गएराति शौच गर्न बाहिर निस्किएका हिन्दु धर्मगुरु आचार्य श्रीनिवासमाथि गोली प्रहारका दोषिलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा महन्त श्रीवेङ्कटेश मन्दिर गौशलाका स्वामी पद्यधराचार्यको अध्यक्षमा आयोजित पत्रकार सम्मेलनमा तीन दर्जन बढि हिन्दुवादी संघ तथा संस्थाहरुले नेपाललाई धर्मसापेक्ष राष्ट्र कायम गर्न माग समेत गरेका छन् ।

महन्त श्रीवेङ्कटेश मन्दिर गौशलाका स्वामी पद्यधराचार्यले नेपालमाथि विश्वका स्वार्थी आँखाहरु गढेको बताएका छन् । उनले भने, ‘विदेशीहरुले हाम्रो देशलाई मास्न खोज्दैछन्, म बुढो भईसकेको छु, म यो देशको लागि मर्न कुनै चिन्ता छैन्, तर सनातन हिन्दु राज्यको लागि लड्दै आएका मेरा चेलामाथि जुन प्रकारले गोली हानियो यो आतंकारी शैलीको पराकाष्टा हो, यसका बारेमा सरकारले गम्भिर भएर छानविन गरेर कारबाहि गरोस् ।’

उनले अघि थपे ,‘पछिल्लो समयमा धर्मको नाममा भईरहेका कार्यहरु धर्म निरपेक्षताका परिणाम हुन, ८४ प्रतिशत हिन्दुहरुको देशलाई रातारात दुईतीन जना नेताहरुले स्वघोषित रुपमा मुलुकलाई धर्म निरपेक्षता बनाउने काम गलत थियो, पैसामा बिक्रि हुनेहरुको हातमा मुलुक छ, जोगाउन तर्फ लागौँ ।’

सनातन संस्कृति समाज, नेपालका अध्यक्ष हरिबोल भट्टराईले ईतिहासमै नभएको क्रुर धार्मिक आतंकको शुरुवात भएको आरोप लगाएका छन् । उनले भने,‘बुद्ध र पशुपतिनाथको देशलाई दिउसै अँध्यारो पार्ने काम भयो, धर्म गुरुहरुको हत्या गर्ने उद्देश्यले गोली प्रहार हुन थाल्यो, हामीले एक साताअघि सरकारसँग मंगोल नेशनल, अर्गनाईजेशन ‘आर्मी’ ले निकालेको विज्ञप्तीको बारेमा जानकारी दिएका थियौँ, मुलुकको रक्षाको लागि धर्मको लागि हामीले ज्यान मार्ने धम्कि पाउनु दुखद हो, हाम्रो शान्ति सरक्षा चाहियो भनेकै छौँ, तर आजको दिनमा यस्तो भईहाल्यो, अब सरकारले मुलुकर्ला धर्म सापेक्ष बनाउनको लागि तत्काल पहल गरोस् ।’

त्यस्तै विश्वहिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिकी महासचिव अस्मिता भण्डारीले अहिले सरकार भएरपनि नभएकोजस्तो भान भएको गुनासो पोखिन् । डा. रामचन्द्र अधिकारी, किशोरी महतो लगायतले नेपाललाई धर्मसापेक्ष बनाएरै छोड्ने उद्धघोष गरेका छन् ।

अज्ञात समुहको गोली लागेर घाइते भएका श्रीनिवासको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । विरानगरको जतुवामा आइतबारदेखि सुरु हुने श्रीमद भागवत सप्ताहमा सहभागी हुन शनिबार बेलुकी कार्यक्रमस्थलमा पुगेका उनीमाथि अज्ञात समुहले गोली चलाएको हो ।

उनीमाथि दुई राउण्ड गाली प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार गोली दायाँ छाती र कुम मुनि लागेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...