|
12:19 AM (8 hours ago) ![]() |
![]() ![]() |
||
|
||||
नवौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७४ जारी छ। पोखरा हुने महोत्सव भन्दा भिन्न महोत्सव भएकाले पनि दशर्कहरु फरक मनोरञ्जन लिनका लागि पनि आलु महोत्सवमा सहभागिता बढाएका छन्।
महोत्सवमा विभिन्न थरीका आलुका परिकारले पनि दशर्कको मन तानेको छ। महोत्सव पस्यो कि आलु । रेष्टुरेण्ट्र छिर्यो आलुकै परिकार। स्टेज तिर हेर्यो आलुकै माला । महोत्सवमा सहभागि कलाकार पनि आलुकै गुनगान। यसैले गर्दा पनि महोत्सव दर्शकको रोजाई बनेको छ।
महोत्सवको तेस्रो दिन सम्म महोत्सव भित्र वाहिर गरी २५ लाखको आलुको कारोवार र २५ हजार दर्शकले मेला अवलोकन गरेको महोत्सव मुल आयोजक समितिका संयोजक सुविन श्रेष्ठले जानकारी दिए।
महोत्सव आलुको परिकारसँगै साँस्कृतिक कार्यक्रममा पनि दशर्कले भरपूर्ण मनोरञ्जन लिएका थिए। शुक्रबार प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, बैकुण्ठ महत, सरला पाण्डे, शिवहरि ढुंगाना, माया गुरुङ र टेक क्षेत्रीको प्रस्तुति रहेको थियो। त्यसैगरी हास्य तर्फ शिवहरि वैरागी (सभासद्) र देविराम पराजुली (भोक लाग्यो) ले दर्शकलाई पेट मिची मिची हसाएका थिए।
महोत्सवको तेस्रो दिनमा पछिल्लो समय लाइभ दोहोरिकी रानी उपमा पाएकी माया गुरुङ र टेक छेत्रीको रमाइलो दोहोरि हेर्नुहोस

No comments:
Post a Comment