Sunday, April 8, 2018

नयाँ बसपार्क सडक महोत्सव हुँदै

२५ चैत, काठमाडौं । नयाँ वर्षलाई लक्षित गर्दै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क मित्रनगर क्षेत्रमा ‘प्रथम नयाँ बसापार्क सडक महोत्सव’ हुने भएको छ । ‘सडकमै खाऔं सडकमै रमाऔं’ भन्ने मूल नाराका साथ आगामी २०७४ चैत ३० गते र २०७५ बैशाख १ गते हुन गइरहेको सडक महोत्सवको बारेमा पत्रकार सम्मेलनको आयोजना गरी आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य लिइएको मूल आयोजक समितिका संयोजक विष्णु पोखरेलले जानकारी दिए ।

२०७२ सालपछि क्षतविक्षत भएको बसपार्क गोंगबु क्षेत्र अब भने सुरक्षित भइसकेको सन्देश दिन र नयाँ बसपार्क क्षेत्रमा असामाजिक क्रियाकलाप हुँदैन सभ्य समाजको निर्माण भइसकेको छ भन्ने सन्देश दिनका लागि पनि यो सडक महोत्सव आयोजना गरिएको संयोजक पोखरेलको दाबी थियो ।

करिब ५ लाख बाह्य तथा आन्तरिक पर्यटकहरुलाई लक्षित गर्दै आयोजना गरिएको यो कार्यक्रम नयाँ बसपार्क मित्रनगरको मूल सडकमा आयोजना हुने बताइएको छ । चैत ३० गते राति १२ बजे नयाँ बसपार्क जाऔं नयाँ वर्ष २०७५को भव्य स्वागत गरौं भन्ने उद्देश्यका साथ हुने यस महोत्सवमा ख्यातिप्राप्त कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने बताइएको छ । त्यस्तै नेपाल खानाका परिकारहरुको स्टलदेखि अन्य व्यवसायिक स्टलहरु निर्माण गरिएको छ भने विभिन्न जातजातिका सांस्कृतिक झाँकीले कार्यक्रमलाई स्वागत गरिने आयोजक संस्थाका सचिव भेषराज भट्टराईले जानकारी दिएका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...