Friday, April 27, 2018

मनाङ मस्र्याङ्दी फाइनलमा

मंगलबारे, इलाम, १४ वैशाख : मनाङ मस्र्याङ्दी क्लब इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले हराउँदै मनाङ माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको हो । मनाङको जीतमा ५८ औँ मिनेटमा अञ्जन विष्टले गरेको गोल नै निर्णायक बन्न पुग्यो । खेलको म्यान अफ दि म्याच मनाङका अञ्जन नै भए । उनले रु १० हजार प्राप्त गरे । शनिबारको खेल एपिएफ क्लब र थ्रीस्टारबीच हुनेछ । प्रतियोगिताको फाइनल खेल यही वैशाख १७ हुनेछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...