Friday, April 27, 2018

पाँच वर्ष कांग्रेस सरकारमा नरहँदा कुनै कार्यकर्ताको हरिबिजोग हुँदैन : गगन थापा

चितवन, वैशाख १४ । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले नेपालका सबै राजनीतिक उपलब्धि कांग्रेसले ‘युद्ध जितेर हासिल गरेको’ तर अहिलेको ‘निर्वाचनको लडाइँमात्रै हारेकाले’ कार्यकर्तालाई निराश नहुन आग्रह गरेका छन् ।

कांग्रेस चितवनले शुक्रबार चितवनमा आयोजना गरेको संगठन सुदृढीकरण तथा पुनःजागरण अभियान कार्यक्रमको उद्घाटन गर्दै उनले पृथ्वीनारायण शाहले पनि नेपाल एकीकरण गर्दैगर्दा अनेकौं लडाइँ हारेको तर युद्ध जितेको बताए ।

उनले भने–‘अब पाँच वर्ष कांग्रेस सरकारमा नरहँदा कुनै कार्यकर्ताको हरिबिजोग हुँदैन । हामी सबै आस्थाका कारणले कांग्रेसमा लागेको हो ।’

थापाले ‘निर्वाचनमा जित र हार जे भएपनि जुन ठाउँमा निर्वाचन लडेको छ, त्यो ठाउँको छायाँ सरकारकारुपमा काम गर्नुपर्छ’–भने । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...