Saturday, April 7, 2018

न्यूयोर्क महापुराण अनुगमन कार्यक्रम नेपाली समुदायको सरोकार भएकोले कार्यकम गर्न पाउँदा म उत्साहित छु : संचारकर्मी सच्ची मैनाली

विजय थापा ,न्यूयोर्क महापुराण अनुगमन कार्यक्रम सवै नेपाली समुदायको सरोकार समेत भएकोले कार्यकम गर्न पाउँदा म उत्साहित छु र कार्यक्रमले एक राम्रो संदेश दिन सकोस भन्ने आफ्नो चाहना रहेको संचारकर्मी सच्ची मैनालीले बताइन ।

न्यूयोर्कमा स्थापित रिजवुड नेपाली समाज अमेरिका कै सकृय संघ/संस्था मध्ये कै एक हो । गत बर्ष सामुदायिक भवन निर्माण हेतु आयोजना गरेको सप्ताह महापुराण अपार सफलता पूर्वक सम्पन्न हुदा हुदै लाखौ लाख डलर चन्दा दिने संघ/संस्था व्यक्तिहरु मौन रहेकोले यसको निकास कसरी निस्कन्छ ? वहाहरुका बाध्यता र रकम दिन नसक्नु बारेमा जिज्ञाशा राख्ने हाम्रो मूल ध्येय रहकोले कार्यक्रम को तय गरिएको संचार कर्मी मैनालीले बताइन ।

उक्त महा पुराणको लागि नेपालबाट वाचन प्रवीण दिन बन्धु पोखरेल लाई झिकाई कार्यक्रम ऐतिहासिक रुपमा सम्पन्न गरेको थियो । यसै सेरोफेरोमा महापुराणमा बोल कबोल भएका रकम र यसैको सेरोफेरोमा अनुगमन गर्ने भएकोले आगामी अप्रिल ८ तारिख ११.३० बजेको प्रत्यक्ष प्रशारण गरिने जानकारी मैनालीले बताइन ।

रिजवुड नेपाली समाजलाई छिटो पैसा उठोस् र समय मै सामुदायिक भवन निर्माण समय मै गर्न सकोयोस भन्ने हाम्रो चाहना रहेको बताईन । कार्यक्रम को प्रत्यक्ष प्रसारण मैनालीले ईनेप्लिज बाट गर्ने छिन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...