Thursday, April 26, 2018

विद्यार्थी भर्ना शून्य भएपछि विद्यालय बन्द

रामपुर, पाल्पा, १३ वैशाख : पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा विद्यार्थी भर्ना शून्य भएपछि एक विद्यालय बन्द गरिएको छ ।

सिद्ध प्राथमिक विद्यालयमा यस शैक्षिक सत्रमा एक जना पनि विद्यार्थी भर्ना हुन नआएपछि विद्यालय बन्द गरिएको हो । रम्भा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, शिक्षा शाखा प्रमुख गुणाराम खनाललगायतको टोलीले अनुगमन पछि सो विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

सो ठाउँका अभिभावक, शिक्षक, जनप्रतिनिधिलगायत सरोकारवालाको समन्वय र समभmदारीमा सिद्ध प्राविलाई बन्द गराई यहाँ अध्ययनरत एक मात्र विद्यार्थी अमृत विकलाई छिमेकी विद्यालय भवानी प्राविमा सारिएको स्थानीयवासी एवत सारुले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...