Thursday, April 26, 2018

रेलले स्कुल बसलाई ठक्कर दिँदा भारतमा ११ बालबालिकाको मृत्यु

नयाँदिल्ली, १३ वैशाख । भारतमा एउटा रेलले विद्यार्थी बोकेको बसलाई ठक्कर दिँदा कम्तीमा ११ बालबालिकाको मृत्यु भएको छ भने अरु सात जना घाइते भएका छन् । रेलको बाटो पार गर्न लागेको बसलाई रेलले ठक्कर दिएर बिहीबार सो दुर्घटना भएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

उत्तर प्रदेशको राजधानी लखनउबाट ३२३ किलोमिटर टाढा पर्ने कुशीनगर जिल्लाको बेहपुर्व भन्ने ठाँउमा दुर्घटना भएको हो । “आज विहान तिव्र गतिमा आएको स्वचालित रेलले एउटा विद्यालय बसलाई ठक्कर दिँदा बसमा चढेका मध्ये कम्तीमा ११ बालबालिकाको मृत्यु भएको छ, अरु सात जना गम्भीर घाइते भएका छन्,” वरिष्ठ प्रहरी अधिकृत आनन्दकुमारले भने ।

उनले थपे, “घाइते बालबालिकाहरुलाई तत्काल अस्पताल पुर्‍याइएको थियो, केहीको अवस्था अत्यन्तै गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने संभावना रहेको छ ।” दुर्घटनामा परेका बालबालिकाहरु अधिकांश दश वर्ष मुनिका रहेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले थावेदेखि कम्पतागञ्ज सडक खण्डमा चलेको रेलले बसलाई ठक्कर दिएको बताएका छन् ।

ठक्कर दिएको रेल सिवानबाट गोरखपुरतर्फ जादै गरेको थियो । उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यले घटनामा पिडित बालबालिकाहरुलाई केही राहत रकम दिने घोषणा गरेका छन् । अधिकारीहरुले घटनाका बारेमा छनविन गर्न संबन्धित निकायलाई निर्देशन दिइएसकेको जनाएका छन् । यसअघि पनि उत्तर भारतीय राज्य हिमाञ्चल प्रदेशमा २७ जना बालबालिकासहित ३० जनाको विद्यालय बस दुर्घटनामै परेर निधन भएको थियो । –रासस/सिन्ह्वा

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...