Tuesday, April 10, 2018

नेपाली झन्डा दिवस मनाउने तयारी

 

 

 

 

 

नवराज पोखरेल ,रोमानिया ,नेपालीपनलाई संरक्षण, प्रवर्द्धन र विस्तार गरौँ। बैशाख १ गते तदनुसार अप्रिल महिनाको १४ तारिखलाई राष्ट्रप्रेम भावले मनाऔं भन्ने नाराका साथ बिगत ४ बर्षदेखि बैशाख १ गतेलाई अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसको रुपमा मनाइदै आइएको छ। 

नेपाली टोपी दिवस झैँ नेपाली झण्डा दिवस पनि ताईवानमा बसोबास गर्ने हाम्रा मित्र डा. लेखनाथ काफ्लेको अग्रसरतामा शुरु भएको थियो। 

हामी सबैको नयाँ वर्ष बैशाख १ गते देश विदेशमा रहेका नेपालीहरुले भव्यताका साथ मनाउने गरेकोमा गत ४ वर्षदेखि झण्डा दिवसका रुपमा समेत मनाउन थालिएको छ। संसारकै एकमात्र बिशेष गणितीय आकारको भएको नेपाली झण्डा समस्त नेपालीहरुको साझा र मौलिक पहिचानको चिन्ह पनि हो। 

शताब्दीऔंदेखि प्रयोग भैरहेको नेपाली झण्डाको जनस्तरमा व्यापक प्रयोगलाई विश्वमय बनाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो।

गत जनवरी महिनाको १ तारेखलाई हामी सबैले अन्तर्राष्ट्रिय टोपी दिवसलाई भव्यताका साथ चौतारीमा मनाएको थियौ। यसैगरि नजिकै आईरहेको १ बैशाख २०७५ का दिन चौथो अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवस भव्यताका साथ मनाउन आव्हान  गर्दछु। 

अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसका लागि बैशाख १ गतेका दिन आआफ्नो अवस्था अनुसार घर, आँगन, गाडी, अफिस, रेष्टुरेन्ट, पसल, झ्याल आदि स्थानहरुमा नेपाली झण्डाको प्रयोग गरी फोटो खिचेर चौतारीमा अपलोड गर्नका लागि तयारी गरौ। अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसमा प्राप्त भएका फोटाहरुको मुल्यांकन गर्न एक समितिको गठन समेत गरिएको छ ।

बुद्धिसागर  घिमिरे (न्यूजिल्याण्ड) को अध्यक्षतामा कृष्ण अधिकारी (जापान),  पुरू जोशी (दक्षिण कोरिया), दामोदर नेपाल (नेपाल), मित्रलाल पार्दे (पोल्याण्ड) र शैलेस पोखरेल (अमेरिका) रहेको मूल्यांकन समितिले तिन फोटाहरुलाई प्रथम, द्वितीय र तृतीय र अरू ६ वटा फोटाहरुलाई उत्कृष्ट घोषणा गर्नेछ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...