Saturday, April 7, 2018

सलमान खान धरौटीमा रिहा , मुम्बईको लागि प्रस्थान

कालो हरिण लाई मारेको अभियोगमा २ दिन कारागार बसेका बलिवुड अभिनेता सलमान खान लाई अदालतले रिहा गरेको छ । उनि रिहा हुने बित्तिकै उनि विमानस्थल तर्फ लागेका छन् ।

जोधपुर अदालतले शनिबार खानलाई भारतीय रुपैयाँ ५० हजार धरौटी रकम बुझाउन लगाएर रिहा गरेकाे हो। दुई वटा कालो हरिण मारेको हुनाले अदालतले खानलाई २५/२५ हजारको दरले धरौटी रकम भर्न लगाएको हो ।

उनलाई कालो हरिण सिकार गरेको आरोपमा ५ वर्ष कैद सजाय सुनाएको थियो । उनलाई अदालतले रिहा खबरले उनका समर्थकहरुमा हर्ष छाएको छ । खान विमान आफै बिमान चार्टर गरेर शनिबार नै मुम्बई फर्केका छन्।

सलमान खान अदालतको अनुमति बिना देश बाहिर जान नसक्ने भएका छन् भने आगामी मे ७ तारिख यस बिषयमा सुनुवाई को लागि पुन: सलमान खान उपस्थिति हुनु पर्न छ ।

प्रहरीका अनुसार कुनै पनि प्रहरीले उनि संग सामुहिक तस्बिर या स्वयम् को तस्बिर ( सेल्फी ) नखिचेको बताइएको समाचार एनडिटिभीले लेखेको छ ।

तस्बिर “एनडिटिभी “

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...