Saturday, April 7, 2018

अचानक किन रोकियो अरुण तेस्रो आयोजनाको उद्घाटन ?

काठमाडौँ, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा क्रममा शनिबार हुने भनिएको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास अन्तिम समयमा रोकिएको छ ।

भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले यसको संयुक्त शिलान्यास गर्ने तयारी भएपनि सरकारको तयारी नपुगेकाले रोकिएको हो । भ्रमणमा सहभागी एक मन्त्रीका अनुसार अरुण तेस्रो आयोजना र पाईपलाइनको उद्घाटन नहुने भएको छ ।

कानुनतः उत्पादन अनुमतिपत्र लाइसेन्स नलिइ जलविद्युत् आयोजनाको शिलान्यास गर्न पाइँदैन । नौ सय मेगावाटको अरुण तेस्रोले पनि उत्पादन अनुमतिपत्र पाएको छैन । १ खर्ब ४ अर्ब कुल लागत अनुमान गरिएको आयोजनाको लागि भारतको सरकारले लगानी गरिसक्ने निर्णय गरेकोले वित्तीय व्यवस्थापनको समस्या आयोजनामा छैन ।

भारतीय सरकारी कम्पनीद्वारा निर्माणाधीन सो आयोजना निर्माणका लागि भारत सरकारले ९१ अर्ब रुपैयाँ बजेट उपलब्ध गराइएको छ ।आयोजना बनेपछि नेपालले निःशुल्क बिजुलीसँगै करलगायतबाट २५ वर्षमा ३ खर्ब ४८ अर्ब रुपैयाँ लाभ पाउने बताइएको छ ।

भारतीय सतलज निगमले १० वर्षअघि खुल्ला प्रतिष्पर्धामार्फत लाइसेन्स पाएको आयोजनाको साढे तीन वर्षअघि भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको क्रममा आयोजना विकास सम्झौता (पीडीए) भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...