Tuesday, April 10, 2018

न्यू जर्सीका गभर्नर मर्फी द्वारा नेपाली ,भारतीय तथा अन्य सामाजिक अगुवाहरुसंग भेटघाट तथा छलफल

न्यू जर्सी- अमेरिकाको न्यू जर्सी राज्यका गभर्नर फिल मर्फीद्वारा राज्य भरका सामुदायिक गठ बन्धन (कोलिएसन)का सामाजिक अगुवाहरुसंग समुदाय लाई अत्यावश्यक सुविधा र सुधार गर्नेबारे छलफल सम्पन्न भएको छ ।

गभर्नर मर्फीले गत मार्च १३ मा प्रस्तुत गरेको अमेरिकी डलर ३७.४ बिलियन डलर बजेटबाट स्थानीय समुदायको आवश्यकता अनुसार कसरी सेवा पुर्याउन सकिन्छ भनेर समाजका अगुवाहरुसंग छलफल गरेका हुन् । समाचार न्यु जर्सी को युएसनेपाल अनलाइनले प्रकाशित गरेको हो ।

उक्त छलफलमा नेपाली समाजिक अभियन्ता एवं जर्सी सिटी शहरका मेयर स्टेभन फुलपकि सल्लाहकार डा. बिष्णुमाया परियार; मर्सर कम्यूनिटी कलेजकी प्रेसिडेण्ट जियानपिङ वाङ; ब्याङ्कर कृस्टिन बृजलाल, ब्याबसायी बबी पटेल, अमेरिकी एयर फोर्सका लेफ्टिनेण्ट कर्नेल मुकेश एन रोय, वकिल शर्मिला जाइपर्शाउद लगायत अन्य स्थानीय समुदाय नेतृत्वहरु सहभागी रहेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...