
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, जर्जिया च्याप्टरको पुनर्गठन सम्पन्न भएको छ । निर्वाचनमा किरण मानिके अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ । यसै गरी उपाध्यक्षमा श्रीमती नमिता घिमिरे, महासचिवमा डा. सुशील राज पौडेल र सदस्यहरुमा मिरा कोइराला र शिब सुबेदी निर्वाचित हुनु भएको छ । बिश्व अधिकारी, डा. सन्जिब सापकोटा र राजा घले रहनु भएको तीन सदस्यीय निर्वाचन समितिले सो घोषणा गरेको हो । रिक्त रहेका कोषाध्यक्ष र अन्य सदस्यहरुको चयन नवनिर्वाचित कार्यसमिति गर्ने छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम विश्वकर्माज्यूको लाइभ टेलिफोनमा नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको थियो । नवनिर्वाचित कार्यसमितिलाई बधाई साथै सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गरिएको थियो ।
No comments:
Post a Comment