Monday, April 23, 2018

अस्थाई सुरक्षित दर्जा (टिपिएस) नविकरणका लागि नेपालका परराष्ट्रमन्त्रीसंग एनआरएन आईसिसी टोलीको भेट

काठमाण्डौं- एनआरएन आईसिसी अध्यक्ष भवन भट्ट र आईसिसी मानार्थ सदस्य एवं अमेरिकीको जर्सी सिटी शहर नगर प्रमुखकी सल्लाहकार डा बिष्णु माया परियार ले अमेरिकामा रहेका नेपालीहरूका लागि टिअस्थाई सुरक्षित दर्जा(टिपिएस) नविकरणका लागि नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली संग भेटवार्ता गरेकाछन्।

परराष्ट्रमन्त्री ज्ञवालीले टिपिएस नविकरणका लागि अमेरिकी सरकारलाई अनुरोध गर्ने आश्वासन दिएकाछन्। हाल अमेरिकामा १४ हजार ७९१ नेपालीले अस्थाई सुरक्षित दर्जा सुबिधा प्राप्त गरेका छन् । जसबाट अमेरिकामा अस्थाई काम गर्ने अनुमति (वर्क पर्मिट) र नेपाल ओहोरदोहोर गर्न बैधानिकता मिल्दछ। नविकरण अप्रिल २६ भित्र भई सक्नु पर्दछ। जुन २४ मा दोस्रो नविकरणको म्याद सकिदैछ । समाचार प्रथम प्रकाशित युएसअनलाइन डटकमले गरेको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...