Friday, April 20, 2018

गीत (म भास्सीएको छैन)

खोजेर हेर म हरा हैन बिदेशी रिमझिममा,
छामेर हेर म भास्या छैन परदेशी दलदलमा ।

हाहा….हाहा ….. हाहा हा हा हा……
होहो ….. होहो ….होहो होहो हो हो …..

त्यो डाँडा-पाखा मायाको भाका खुलेर गाएको,
त्यो हावा पानि गाउँबस्तीसंग पिरती लाएको ।
भुलेको छैन फर्कने छिट्टै कसम नि खाएको,
पौरख गरि सिप-शिक्षा ज्ञान संगाल्न आएको ।

चिहाई हेर बिदेशमा बस्ने नेपाली मनलाई,
सोचेर हेर भुल्दैनन कहिल्यै ति आफ्नो पनलाई ।

हाहा…हाहा… हाहा हा हा हा……
हो हो ….होहो …होहो ….हो हो हो हो हो हो ……..

समृद्ध देश यो सुख सएल विलासी जीवन,
तै पनि प्यारो छ आफ्नै देश रोइरन्छ यो मन ।
पखेंटा भए उडी पो जान्थें चिन्ता छ गाउँको,
बिछट्टई माया लगेर आउने जन्मेको ठाऊँको ।

जाँचेर हेर नेपाली मन डलरमा बिक्दैन,
बुझेर हेर नेपाली गौरव कोहि सामु झुक्दैन ।

खोजेर हेर म हरा हैन बिदेशी रिमझिममा,
छामेर हेर म भास्या छैन परदेशी दलदलमा ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...