Wednesday, April 4, 2018

हामी सबैले मिलेर देश बनाउनु पर्छ। बिदेशीले बनाउने होइन: लक्ष्मी लामा गुरुङ

दक्षिण कोरियामा लगभग ४३ हजार नेपालीहरुले बसोबास गर्दै आएका छन्। जसमध्येकी एक लक्ष्मी लामा गुरुङ पनि हुन। उनी एनआरएनए कोरियाकी अध्यक्ष पनि छिन्। सामान्य तालिम लिने क्रममा आज भन्दा करिब २३ बर्ष अघि कोरिया पुगेकी लक्ष्मी लामा गुरुङको जन्म एक साधारण परिवारमा मनाङ्को चामे बजारमा भएको थियो। उनको उच्च शिक्षा काठमाडौँको सरस्वती क्याम्पसबाट भएको थियो।

अहिले कोरियामा आफ्नो ब्यवसाय संग संगै बिभिन्न संघ संस्थाहरुसंग आबद्ध भएर सामाजिक क्षेत्रमा उनी सदा अग्रसर रहेकी छिन्। नेपाली कला, संस्कृति तथा पर्यटनको प्रबर्द्धन र कोरियामा रहेका नेपालीहरुका समस्याको समाधानको उपायका लागि उनको ठूलो सहभागिता छ।

नेपालमा लगानी भित्र्याउँने कार्यमा बिभिन्न व्यबस्थित र योजनाबद्ध रूपमा अगाडि बढाउने क्रमलाई निरन्तरता दिदै बिशेष योजना बनाएको कुरा लक्ष्मी लामा गुरुङ बताउछिन्। उनले म यो योजनालाई मूर्तरुप दिनका लागि अन्तिम चरणमा पुगेको र छिट्टै सार्बजनिक हुने बिश्वास ब्यक्त गरिन्।

हाम्रो देशलाई हामी सबैले मिलेर बनाउनु पर्छ भन्ने धारणा लिएकी लक्ष्मी लामा गुरुङ आफ्नो भौतिक शरीर कर्मस्थलमा भए पनि मन र मोह भनेँ जन्म भूमिमा नै रहेको कुरामा गर्व गर्छिन। दक्षिण कोरियामा रहेका अधिकांश नेपालीहरु औद्योगिक, कृषि उत्पादन, ब्यापार तथा सेवाको क्षेत्रमा कार्यरत छन्। उनकै नेतृत्वमा नेपाल हाउसलाई ब्यबस्थित रूपमा संचालन गर्न र कोरियामा नेपाली साँस्कृतिक केन्द्रको स्थापना गर्ने तथा परोपकारी अक्षयकोष स्थापना जस्ता महत्वपूर्ण कार्यहरु भैरहेका छन्।

बिदेशमा बसे पनि नेपालको माया मुटुभरी राखेर स्वदेशको सम्बृद्धिमा हैँसे गर्न आफू सधैं तयार रहेको कुरा बताउछिन् लक्ष्मी लामा गुरुङ। ब्यक्तिगत रुपमा पनि नेपालमा उनले सानोतिनो उद्योगको संचालन गर्ने योजना बनाएकी छिन्। दक्षिण कोरियामा रहेका ४३ हजार नेपालीहरुको नेतृत्व गर्दै आएकी बैनी लक्ष्मी लामा गुरुङलाई भविष्यमा पनि सफलता मिलोस भन्दै हार्दिक शुभकामना व्यक्त गरौँ। बिदेशमा बस्ने हामी ५० लाख नेपालीलाई लक्ष्मी लामा गुरुङ जस्ता व्यक्तित्वको आबश्यकता छ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...