Thursday, April 5, 2018

बिदेशिएका नेपाली जहाँ पुगे पनि आफ्ना धर्म, सस्कृति, भाषा, भेष, चलन, चल्ती, रितिरिवाजलाई संगै लिएर गएका छन्

नवराज पोखरेल रोमानिया ,विविध चुनौती वा आफ्नै रुचिका कारण बिदेशिएका नेपाली जहाँ जहाँ पुगेका छन् आफ्ना धर्म, सस्कृति, भाषा, भेष, चलन, चल्ती, रितिरिवाजलाई पनि संगै लिएर गएका छन्।

सम्हालेर राखेका छन्, र धेरैले त्यसको सम्बर्धनमा पनि महत्वपूर्ण भूमिका खेलेका छन्, जुन अत्यन्तै प्रशंसनीय छ। यो भनाई हो – कावासोती, नवलपरासीमा घर भई हाल नर्बेको बोडोमा बसोबास गर्ने, साहित्यकार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज – अनेसास, नर्बेकी अध्यक्ष विष्णुमाया बिभुको। हाल उनी नर्बेको नुर युनिभर्सिटीमा समाजशास्त्रमा विद्यावारिधी गर्दैछिन्। विष्णुमायाका एक दर्जन भन्दा बढी कृतिहरु प्रकाशित छन्।

लामो समयदेखि साहित्यकार बैनी विष्णुमाया बिभुको चौतारीमा उपस्थित छ। उनको यो उपस्थितिले चौतारीको गौरब बढाएको छ। स्मरण रहोस – सन् २०१६ मा त्रिमूर्ति निकेतनले १६६ जना बरिष्ठ नेपाली साहित्यकारहरुको सम्मान गर्दै ” सत्यमोहन जोशी शताब्दी पदक” प्रदान गरेको थियो।

अशेष मल्ल, शैलेन्द्र साकार, विश्व वल्लभ, हरिहर विरही, सुनिल पोखरेल, कृष्ण प्रकाश श्रेष्ठ जस्ता अग्रजको पङ्क्तिमा रही सो पदक प्राप्त गर्ने चौतारीका हाम्रा प्रिय भाई बैनीहरु – भगवती बस्नेत, बुद्धिसागर घिमिरे र बिष्णुमाया बिभुलाई हृदय देखि नै बधाई दिन चाहन्छु।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...