Monday, April 2, 2018

ट्रम्पले डाका कार्यक्रमलाई सम्झौता नगर्ने भने पछि कागजपत्र नभएका युवा आप्रवासीलाई कठिन अवस्थाको सृजना हुन् सक्ने

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प ले ट्रम्पले डाका कार्यक्रमलाई सम्झौता नगर्ने भनेका छन् । साथै उनले नाफ्टा सम्झौता बाट पनि अमेरिका बाहिर निस्कने चेतावनी पनि दिएका छन् ।

उनले उक्त कुरा गत अप्रिल १ तारिख अन्तर राष्ट्रिय मुर्ख दिवसमा भनेका हुन् । उनले उक्त कुरा ९ बजेर ५६ मिनेटमा सामाजिक संजाल ट्वी टर को माध्यम बाट जानकारी गराएका हुन् । यसको साथै उनले प्रथम महिलाको साथमा रहेका समयमा फ्लोरिडामा पनि उक्त कुरा स्पष्ट पारेका छन ।

उनले उक्त कुरा ईसा पुनरुत्थान-पर्वमा (ईस्टर )मा उक्त कुरा भनेका हुन् । जसको कारण कागजपत्र नभएका युवा आप्रवासीलाई कठिन अवस्थाको सृजना हुन् सक्ने छ ।

संयुक्त राज्य अमेरिकाले डिफर्ड एक्सन फर चाइल्डहुड एराइभल (डाका ) पहिले नै कार्यक्रमलाई रद्ध गरेको भएता पनि केही सोच्ने र यस्ता कागजात नभएकालाई कानुनी मान्यता दिने भनि ट्रम्पले बचन दिएका थिए |

गत बर्ष सेप्टेम्बर ५ तारिख का दिन न्याय विभागमा महान्यायधिवक्ता जेफ सेसनले घोषणा रद्ध गरिएको जानकारी दिएका थिए ।

संयुक्त राज्य अमेरिकाको प्रतिनिधिसभाका सभामुख पल रायनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कागजपत्र नभएका युवा आप्रवासीलाई उनीहरुको देश फर्काउनबाट रोक्ने व्यवस्था रद्द नगर्न आग्रह गरेका थिए l

‘डाका’ले अमेरिकामा गैरकानुनी रुपमा ल्याइएका बच्चालाई अस्थायी आवास उपलब्ध गराउँछ । ‘डाका’ले हजारौंलाई देश फर्काउनबाट रोक्नुका साथै उनीहरुलाई काम र पढाइको अनुमति दिनेछ । ‘डाका’ कार्यक्रमबाट करिब ८ लाख मानिसलाई संरक्षण गरिएको छ ।

जसमा बहुसंख्यक मेक्सिको ,एल साल्वाडोर, ग्वाटेमाला, होंडुरस तथा पेरू रहेका छन् भने भारतका पनि करिव ८ हजार यस्ता कागजात नभएका पर्ने भनि भारतीय समाचारहरुले समेत लेखेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप ले ओबामा को समयको कानून लाई रद्द गरेका थिए l जसमा सानो उमेरमा अमेरिका छिरेकालाई अमेरिका मै उचित व्यवस्था गर्दै देश निकला को नगरी यहि राख्ने र बचाउने प्रावधान रहेको थियो l बालबालिकाहरु स्वयम् नआई गैर कानुनी रुपमा अमेरिका छिरेका बुवाआमा बाट साथमा ल्याइएका हुन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts