Thursday, April 5, 2018

१ हजार ८ सय ८२ खुड्किला चढेर पुगिने मौला कालिका ! हेर्नुहोस यस्तो छ कालिकाको महत्व

मौलाकालिका मन्दिर नवलपरासी जिल्लाको गैडाकोट गाविसमा अवस्थित छ । मान्यता अनुसार आज भन्दा करिब २०० वर्ष अगाडि पाल्पाली राजा मुकुन्द सेनको राज्यक्षेत्र भित्र पर्ने र अलिक उच्च स्थानमा भएकाले त्यहाँ एक सैनिक टुकुडी राज्य रक्षाको लागि रहँदा तिनै सैनिकहरुद्वारा पूजा आजा गरी स्थापित गरिएको भन्ने छ ।
वि.सं. २०३२ सालमा काशीनाथ पौडेल र कुमानसिं गुरुङले मन्दिरको निर्माण गरेपश्चात क्रमशः व्यापकता र प्रसिद्धि पाउन थालेको देखिन्छ ।
२०३७ सालमा स्थापित धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैडाकोटले याहॉ हिन्दु बैधानिक अनुसार धार्मिक कार्यहरु गर्दै सांकृतिक सार्वजनिक सम्पदाको संरक्षण एवम् सदुपयोग गर्ने, पूजापाठ, जीर्णोद्वार, वातावरण संरक्षण, धार्मिक स्वच्छता कायम गर्दै आएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...