Monday, April 9, 2018

गायक भबिन ढुंगानाको नयाँ आधुनिक गीत ‘मन मान्दै मान्दैन‘’ हेर्नुहोस भिडियो सहित


आर पोखरेल,काठमाडौं, चैत २६ । गायक भबिन ढुंगानाको नयाँ आधुनिक गीत ‘मन मान्दै मान्दैन‘’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली गायन क्षेत्रका लागी पार्श गायनामा राम्रो दखल भएका गायक भविनको यो गीतमा रोमान्टिक गीतमार्फत दर्शक तथा स्रोताको मन जित्न सक्ने सम्भावना भएको कलाकारको रुपमा चित्रण गर्न सकिन्छ ।

पछिल्लो समयमा आधुनिक गायन क्षेत्रमा कम मात्रामा कलाकारहरुको उपस्थित भइरहेको अवस्थामा उनको यस सिर्जनालाई सर्वाेकृष्ट रुपमा लिन सकिन्छ । गीतका शब्दहरु सविन पाठक श्रेष्ठले रचना गरेका हुन भने संगीत संयोजन गोपाल सरगम राईले गरेका हुन । यस गीतमा उनले प्रेमीको मायामा आफू डुवेका कुरा गरेका छन । गीतको भिडियोलाई अविनास डिसी सम्पादन तथा बविता श्रेष्ठले निर्देशन गरेकी हुन् । रेशम दलार्मीले भिडियोलाई छायांकन गरेका छन् । भिडियोमा कपिल तिम्सिना राजा र अमृता भटटको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...