Saturday, April 21, 2018

मेरिल्याण्डमा एनपीपीएको सामूहिक “ईही” पूजा समारोह यसरी सम्पन्न

विजय थापा ,अप्रिल २१ ,अमेरिकाको डिसी महानगर क्षेत्रमा २७ बर्ष अगाडी स्थापना भएको नेपा पास पुचः अमेरिकाये (एनपीपीए)को १० औ ईही सामूहिक पूजा भव्यताको साथ सम्पन्न भएको छ ।

मेरिल्याण्डको पोटोम्याक शहर स्थित हरे कृष्ण मन्दिरमा सम्पन्न भएको १० औ ईही सामूहिक पूजामा १३ जना नेवा समुदायका कन्याहरुले सामूहिक ईही पूजा गरेका थिए । उक्त कार्यक्रममा डिसी महानगर क्षेत्र मेरिल्याण्ड ,भर्जिनिया र वाशिंगटन डिसी लगायत अन्य राज्यहरु पेनसेल्भेनिया तथा जर्जिया बाट समेत ईही पूजाको लागि आफ्ना छोरीहरुलाई ल्याएका थिए ।

उक्त सामूहिक ईही समारोहमा अमेरिकामा जन्मेका बालिकाहरुलाई सामूहिक ईही पूजामा समाबेश गरिएको थियो । नेवा समुदायका पुरोहित तथा साँस्कृतिक दुत बासब राजोपाध्यायले ईही पूजामा गरिने सम्पूर्ण परम्परागत बिधी मन्त्रोचारणका साथ सम्पन्न गरेका थिए।

नेवा समुदायका पुरोहित तथा साँस्कृतिक दुत बासब राजोपाध्यायले ईहीको अर्थ बेल बिबाह होईन: नेपाल भाषाको शब्द “ईही” को अर्थ समय हो । उचित समयमा पुरोहितले साईत मिलाएर कन्याहरुका लागि सम्पन्न गरिने यस विशेष बिधिलाई ईही भनिन्छ राजोपाध्यायले ईनेप्लिजलाई बताए ।

उनले अगाडी भने बेल फललाई नेपाल भाषामा “ब्या” भनिन्छ र यस्को बाइनोमियल नाम (एगल मार्मलस्) हो भने । हिन्दू धर्ममा “ब्या” फललाई भगवान शिवको प्रतिक मानिन्छ । ईही प्रकृयामा कन्यालाई भगवान बिष्णुको अवतार सुवर्ण कुमारको प्रतिक मानी सुनमा कुँदिएको बिष्णु भगवान वा कुनै स्वर्ण वस्तुलाई कन्यादान गरिन्छ । यस अवसरमा भगवान शिव रुपी “ब्या” फल साक्षीको रुपमा उपस्थिती रहन्छ भने ।

स्मरण रहोस एनपीपीएको छैठौ ईही पूजा समारोहमा नेवा समुदायको ईतिहासमा ब्राम्हण कन्याहरुले पनि ईही गराएका थिए । राजोपाध्यायले यसलाई बेल बिबाह भन्ने गरेकोले बेलसंग बिल्कुल बिबाह गरेको हैन, गलत अनुबाद गरिएको भन्दै केवल साक्षी मात्र गरेको भन्दै ईही भन्दा उत्तम हुने बताए ।

“नेवा समुदायमा बिधवा भन्ने नै छैन र हुदैन l कन्याले केवल सुवर्ण कुमार संग मात्र बिबाह गरेको हुन्छ l बिबाहमा भगवान शिवको प्रतिनिधित्व गरेको हुन्छ l सुवर्णले भगवान बिष्णु तथा नारायणको प्रतिनिधित्व गर्छ” भनि उनले थपे |

सँस्थाका वर्तमान अध्यक्ष राजु जोशीले कार्यक्रममा उपस्थित भएका अतिथि ,सहभागी,आमन्त्रित समुदाय सदस्य ,कन्या तथा अभिभावकलाई स्वागत गरेका थिए । सँस्थाका संस्थापक अध्यक्ष तथा समाजसेवी राम मालाकार ,पूर्व अध्यक्ष लक्ष्मण प्रधान ,निवर्तमान अध्यक्ष सरोज प्रजापति,समितिका उपाध्यक्ष मनोहर श्रेष्ठ लगायत सहभागी हुने आएका अभिभावकले ईनेप्लिज संग कुरा गर्दै ईही पूजा गर्न नेपाल गै रहनु नपर्ने ,अमेरिकामा रहेता पनि नेवा समुदायले कला ,संस्कृति परम्परालिई जगेर्ना गर्न ठुलो भूमिका निर्वाह गरि रहेको ,अमेरिकामा एनपीपीए ले सन् २००६ मा सुरुवात गरेको ईही समारोह अमेरिकाका अन्य राज्यहरुमा समेत मनाउन सुरुवात गरेको बताएका थिए ।

सबैले नेपाल भाषामा बेल फललाई “ब्या” ” भनिन्छ र यहि ब्या अपभ्रंश भएर बेल बिबाह भएको बताए ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...