Monday, April 30, 2018

मिडियाको सामु नै माताको शक्ति देखेर यसरी धुरुधुरु रोए यी बिरामी बालकका परिवार

 

पिएनपिखबर, भक्तपुर : पिएनपिखबरले दर्शकश्रोतालाई सत्य तथ्य समाचार र मनोरन्जनको सामाग्री सम्प्रेषण गर्दै आइरहेको छ। हाम्रो अफिसियल युटुब च्यानल पिएनपि मेडिया मार्फत हामीले थुप्रै रोचक, समाचारमुलक, सुचानात्मक र मनोरन्जनात्मक भिडियोहरु पस्किदै आएका छौ। आज हामीले तपाईहरुलाई सुन्दै आश्चार्य र अचम्म लाग्ने घटना हामीले प्रस्तुत गरेका छौ ।

समाज परिवर्तनशील छ। समयअनुसार हामि चल्दै जान्छौ। आजको युग आधुनिकताको युग हो। हाम्रै देशमा नै हेर्ने हो भने पहिलाको दाँजोमा मानिसहरु लगभ ८० प्रतिशत साक्षर छन्। यसकारण मानिसहरु पुराना परम्परामा पनि राम्रो पक्ष नराम्रो पक्ष आफ्नो सो विवेकले छुट्टाउन सक्छन।

अहिले मानिसहरु नयाँ संस्कृतिलाई अंगाल्दै आफ्नो सस्कृतिको राम्रो पक्ष् समेट्दै अघि बढिरहेका छन्। पहिला मानिस विरामी हुँदा धामी, झाक्री कहाँ धाउने गर्दथे र सामान्य रोगबाट पनि उपचारको कमिले बिरामी मृत्युको मुखमा पुग्न बाध्य हुने  गर्थे। तर मानिसले बोक्सी, धामी, माता, जादुमन्तर, टुनामुनामा जति नै विश्वास छैन भने पनि आज पनि दैविक शक्ति अंगमा छ भने माता, तान्त्रिक देखि उनीहरु माथि आस्था राख्ने व्यक्तिहरु पनि हामीले टन्नै देख्न सकिन्छ।

हामी जति नै आधुनिकतामा भित्रिएता पनि अझै धर्ममा आस्था राख्छौ। आस्था सम्म त ठिकै छ यो आस्था अन्धविश्वासमा परिणत भएको छ। कतिपयलाई धामी, झाक्री, माता, जादुमन्तर, टुनामुना भन्ने शब्द सुन्ने बित्तिकै नै झर्को मान्छन् र विश्वास गर्दैनन् तर कतिपय भने यिनै कुराको विश्वासमा बाचिरहेका हुन्छन्।

त्यस्तै बनेपा, नँयाबस्ति बस्दै आउनु भएकी भवानी मातालाई आफ्नो भगवान मानेर पुज्ने पनि धेरै छन्। उनको शरणमा परेपछि भक्तजनको निकै फलिफाप हुने र डाक्टरले उपचार गरेर निको नभएको रोग समेत निको हुने भक्तजनहरुको भनाई रहेको छ।

पिएनपिखबरको टिमले यो भन्दा अघि पनि माताको अन्तर्वार्ता लिएका थियो। सो अन्तर्वार्तामा माताले आफुमा भगवान शिव र दुर्गा भवानीको शक्ति रहेको बताएकी थिइन्। आफुमा दैवी शक्ति रहेको कुरा १३ वर्षको उमेरबाट थाहा भएको र विवाह पश्चात तीन वटा सन्तानकी आमा भएकी उनी अहिले आफु स्त्रीबाट पुरुषमा परिवर्तन भएको दावी गर्छिन् ।

भवानी माताको अन्तर्वार्ता हेरिसके पश्चात कतिले आस्था राखेर भक्त बनेका छन् भने कतिपयले अहिलेको जवानामा यस्तो अन्धविश्वाश राख्नु मुर्खता हो भन्न समेत पछि परेका छैनन्। हुन त सबैलाई आफ्नो विचार राख्ने स्वतन्त्रता छ। तर स्वतन्त्रता छ भन्दैमा कसैलाई हानी पुराउने र नकारात्मक असर्पारने खालको प्रतिक्रिया दिनु पनि जरुरी नहोला।

भवानी माताको अन्तर्वार्ता हेरेपछि दर्शकको थुप्रै प्रतिक्रिया आएको थियो। त्यसपश्चात पिएनपिखबरले सोहि प्रतिक्रिया समेटेर माताले यसबारेमा के भन्नु हुन्छ भनेर जान्ने प्रयास गर्यो। मातासँग फेरी कुराकानी गर्दै पिएनपिखबरले दर्शकको प्रतिक्रिया समेटेको थियो।

त्यस्तै हामीले यो प्रस्तुतीमा हामी माताको शरणमा आउने भक्तिहरु बारे एउटा सानो भिडियो रिपोर्ट तयार पार्न माताको स्थलमा पुगेका थियौ। आजको हाम्रो प्रस्तुतीमा माता भन्छिन,’विश्वास गर्नको लागि यो शक्ति अमृत छन्, म सल्यान पानी र अन्नको नाममा उसिनेको आलुमात्र खाने गर्छु। मेरो शरीरमा आएको यो शक्ति कसैले मेटाउन सक्दैन।’

भविष्यवाणी शक्तिबाट प्राप्त हुने भएको कारण कसले के सोच्छ उनीलाई परिचय आउने र देश विदेशमा के भएकोसम्म उनले पनि बताउन सक्ने उनले दावी गरेकी छिन्। भवानी माताले उनी बसेको स्थलमा मन्दिर बानाउन लागेको र मन्दिर निर्माणको लागि उनलाई विश्वास गर्ने भक्तजन र मिडियाहरुलाई सहयोग गर्ने अनुरोध पनि गरेकी छिन।

त्यस्तै त्यहाँ आउने भक्ति मध्य एक परिवार आफ्नो विरामी बालक लिएर दैविक उपचारको आशमा आएका छन्। सो विरामी बालकलाई अस्पतालमा लगेर लाखौ खर्च गर्दा पनि केहि सुधार नआएर दुखी बनेकी यी आमा भवानी मातासँग मिडियाको अघि नै धुरुधरु रोईन। माताले यस बालकलाई विश्वास गरे देखि दिन रात एक गरेर ठिक बनाउने दावी गरेकी छिन।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...