Tuesday, May 1, 2018

टोरोन्टोमा क्यानेडियन बिद्यार्थिको बिशुद्द नेवाः परम्परा अनुसार जन्म दिन मनाईयो

टोरोन्टो बिस्वबिद्यालयमा “नेवाः बुद्द धर्म” बिषयमा अध्ययनरत क्यानेडियन बिद्यार्थि ईयन टर्नरको जन्म दिन बिशुद्द नेवाः परम्परा अनुसार स्थानिय नेवाः समुदायका साथीहरुले सम्पन्न गरिदिएको छ। स्थानिय नेवाः समुदायका जेष्ठ महिला अस्ट कुमारी ताम्राकारले जल सिंचनका साथ गणेश तथा अन्य देबताहरुको पूजा बाट शुरु गरिएको सो जन्मदिनको कार्यक्रममा उपलब्ध भएका सामाग्रीहरु सहित ईयन टर्नरलाई दहि, चामल, अबिर मिसाई निधारमा टिका लगाई दिनुको साथै फूलमाला लगाई दिएको थियो । तत्पस्चात फूल, सानो केराउ, अबिर, चामल, ताँय लगायत नेपाली पाथीमा राखेर ईयन टर्नर माथी बॄष्टीगरिएको थियो ।

 

पूजा बिधि सके पछि नेवाः परम्परा अनुसार सुस्वास्थ्यको कामना गर्दै पंच तत्वको प्रतिक फुल, माछा, मासु, बारा, अदुवा, रक्सी सहितको सगं ईयन टर्नरलाई प्रदान गरिएको थियो भने दही चिउरा पनि बितरण गरिएको थियो ।सो पछी शुभकामना स्वरुप फलफुल, कपडा उपहार दिईएको थियो।

पूजाबिधि र सगुन कार्यक्रम पछी कार्यक्रम बारे सोधिएको एक प्रश्नमा “नेवाः बुद्द धर्म”का बिद्यार्थि ईयन टर्नरले नेवाः परम्परा तथा संस्क्रिति असाध्यै धनि भएको अनुभब गरेको र पछी पनि नेवाः संस्क्रिति सम्बन्धि अरु कार्यक्रममा सहभागिहुने छु भन्नु भयो ।ईयन टर्नरका बुबा रिचार्ड टर्नरले आफ्नो छोराले नेवाः सस्कॄतिको अध्ययन गरि यस्को अनुभब गर्ने प्रयासको प्रसंशा गर्नुको साथै उपस्थित सबैलाई हॄदय देखि धन्यबाद ब्यक्त गर्नु भयो। आमा आनले सबैलाई आफ्नो निबासमा स्वागत गर्न पाएकोमा खुसी ब्यक्त गर्नु भयो।

त्यसपछी मंगल धूनको लयमा नेवाः बुंदिं गीत” लयता जी अति थौं” , “राजमति” लगायतका गीतहरु मादल, तीन्छु, चाँप, गिटारको तालमा प्रस्तुत गरिएको थियो भने बाबु रिचार्ड तथा छोरा ईयनले गिटारको धूनमा प्रस्तुत गरिएको क्यनाडेली गीतहरुमा नेवाः साथिहरु उत्तम माकजू, नरेश ताम्राकार, बिमल श्रेस्थ, रिकेश श्रेष्ठ लगायत ले मादल, तीन्छु, चाँपको तालले साथ दिएका थिए ।पूजा बिधिका बिभिन्न पक्षहरुको अर्थ बारे उत्तम माकजू र बिमल श्रेष्ठ ले अंग्रेजीमा ब्याख्या गरि दिएका थिए।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...