Friday, April 20, 2018

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको छवि विश्वासयोग्य बनाइनुपर्ने

इटहरी, ७ वैशाख : प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले एशियाकै प्रतिष्ठित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको छविलाई अझ विश्वसामु विश्वासयोग्य तुल्याउन जरुरी रहेको बताउनुभएको छ ।

मन्त्री घिमिरले पछिल्लो समयमा आएर भ्रष्टाचार, अनियमितता एवं बढ्दो बेथिति व्यापक रुपमा बढिरहेका बेला आज प्रतिष्ठानको अवलोकन तथा त्यहाँका पदाधिकारी र विभागीय प्रमुखसंँगको भेटघाटका क्रममा प्रतिष्ठान प्रदेश १ कै गहना भएको बताउँदै यसका बेथिति र विकृतिको अन्त्य गर्दै गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवा सर्वसाधारणले प्राप्त गर्न पाउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा प्रतिष्ठानका उपकुलति प्रा डा राजकुमार रौनियारले आवश्यक बजेट विनियोजित भई चार सय शय्याको मातृ शिशु सेवाको भवन निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेकामा सरकारले पुनः रोक लगाएको प्रति ध्यानाकर्षण गराउँदै भवन नहुँदा धेरै समस्या भएको अवगत गराउनुभयो ।

नेपाल भारतको संयुक्त लगानीमा २०५० सालमा स्थापित प्रतिष्ठानमा शुरुका दिनमा ३५० शय्यामात्र रहेकामा हाल ७५० शय्या छन् । प्रतिष्ठानका प्रवक्ता प्रा डा पशुपति चौधरीले अस्पतालमा बिरामीको चापअनुसार आइसियु, सिसियु, डाइलाइसिसजस्ता सेवा पर्याप्त नभएका कारण बिरामीले हैरानी र सास्ती खेप्नुपरिरहेको गुनासो सुनाउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...